Comments Add Comment

‘चपली हाइट ३’मा स्वस्तिमा

अर्जुन कुमारको निर्माणमा तयार हुन लागेको चलचित्र ‘चपली हाइट ३’को घोषणा चाडै नै हुँदैछ । यो चलचित्रका लागि कलाकारको फाइनल गरिसकिएको छ । तर, निर्माणपक्षले भने कलाकारको बारेमा केही पनि बताएको छैन ।
यसैविच, अनलाइनखबरलाई प्राप्त खबर अनुसार यो चलचित्रका लागि नायिका स्वस्तिमा खड्का फाइनल भएकी छिन् ।

केही दिन अगाडि मात्र नायिका खड्काले एउटा सिक्वेल चलचित्रको कथा पढिरहेको र आफूलाई मन परेको बताएकी थिइन् । तर, उनले चलचित्रको घोषणा चाडै नै हुने भन्दै नाम भने बताउन चाहेकी थिइनन् । चलचित्र ‘चपली हाइट ३’लाई निकेश खड्काले निर्देशन गर्दैछन् । अर्जुन र निकेशले चलचित्र ‘फाटेको जुत्ता’मा सहकार्य गरेका थिए ।

चलचित्रमा प्रतिक श्रेष्ठ, आमिर गौतम फाइनल भैसकेका छन् । चलचित्रलाई सस्पेन्स थ्रिलर कथामा निर्माण गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment