Comments Add Comment

एनआरएन पोर्चुगलको अध्यक्षमा तिलकप्रसाद गैरे विजयी

बार्सिलोना। एनआरएन पोर्चुगलको अध्यक्षमा तिलकप्रसाद गैरेले ८५१ मत ल्याई विजयी बनेका छन्। अध्यक्षका अर्का प्रत्यासी उम्मेदवार ईश्वर रिजाललाई ३ सय मतले पराजित गर्दै गैरे विजयी बनेका हुन्। संघको सातौ अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि १४७२ मत खसेको थियो ।

आईसीसी सदस्यमा रवीन अधिकारीले ७८८ मत र नारायणकाजी मगरले ६४३ मत ल्याई विजयी भएका छन्। दुई आईसीसी सदस्यका लागि भएको निर्वाचनमा गोबिन्दप्रसाद सापकोटा र धनराज शेर्पा पनि चुनावी मैदानमा उत्रिएका थिए। सापकोटाले ५६८ मत र शेर्पाले ४६३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

यस्तै संघको बरिष्ठ उपाध्यक्षमा भीमसेन थापाले ८ सय १७ मत ल्याई विजयी बनेका छन्। उनका प्रतिस्पर्धी आनन्द गुरुङले ४३१ मत मात्र प्राप्त गरे। उपाध्यक्षमा अशोक गुरुङले ७६० मत र मच्छिन्द्र अर्यालले ५९७ मत प्राप्त गर्दै विजयी बनेका छन्। महासचिवमा हेमराज सुबेदीले ६६८ मत ल्याएर विजयी बने। उनका प्रतिस्पर्धी  प्रकाश कडरिया ११९ मतले पछि परे।

यस्तै संघको कोषाध्यक्षमा विक्रमजङ कुँवर र युवा संयोजकमा दिनेश भण्डारी विजयी भएका छन्। महिला उपाध्यक्षमा सीता श्रेष्ठ, सचिवमा यामेन्द्रकुमार घर्ती र प्रकाश ढकाल, सह-कोषाध्यक्षमा तिलक कँडेल र महिला संयोजकमा सुशीला थापा निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमितिका सदस्यहरुमा गणेशदत्त शर्मा, लक्ष्मी परियार, सुमन शर्मा चम्लागाइँ, कल्पना कार्की, राजन प्रसाद ढुङ्गाना, दीपक खत्री, नवीन सापकोटा, आनन्दकुमार तामाङ, रमेश पौडेल, सुरेन्द्र गौतम, सबिन धिताल, दिलबहादुर परियार, दीपेन्द्र सुवेदी,सन्तोष नेपाली र सम्झना अधिकारी पाण्डे निर्विरोध चयन भए। नयाँ निर्वाचित कार्यसमितिलाई संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले सोमबार लिस्बनमा एक कार्यक्रममाबीच सपथ खुवाएका थिए।

एनआरएनए भित्र चरम राजनीति

गैरआवाासीय नेपाली संघ (एनआरएनए)ले आँफूलाई स्वतन्त्र, गैरनाफामुलुक, गैरराजनीतिक, गैरसरकारी संघको रुपमा व्याख्या गर्दै आएको छ। तर यो केवल बिधानको पानामा मात्रै सिमित रहेको छ । अहिले बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुमा अधिबेशनहरुमा भएका निर्बाचनमा राजनीतिक दलका प्रवास स्थित संगठन वा भातृसंस्थाहरुको प्रभाव छरप्रष्ट देखिएको छ।

एनआरएनए पोर्चुगलको निर्वाचनमा दुई प्यानल नै खडा भए। अध्यक्षमा बिजयी बनेका गैरेलाई नेपाली कांग्रेस निकट जनसम्पर्क समितिले उम्मेदवार बनायो। अध्यक्षका अर्का प्रत्यासी रिजाललाई नेकपा र समाजवादीको समर्थन रह्यो । रिजाल प्यानलबाट महासचिव पदका उम्मेदवार सुबेदीले मात्र विजयी भए भने अध्यक्षसहित अन्य पदहरुमा कांग्रेस निकट जनसम्पर्क समितिकै उम्मेदवारहरुले चुनाव जिते।

विधानतः एनआरएनएमा प्यानलसहित चुनाव लड्न पाइँदैन तर दलका भ्रातृसंस्थाहरुले आ-आफ्ना उम्मेदवारहरुलाई प्यानलमा नै खडा गरेका छन्। निर्वाचनका बखत अहिले दुवै चल्तिका समूह ठानिन्छन् ।

म्युनिस्टहरुको प्रगतिशील समाबेशी समूह र कांग्रेसले लोकतान्त्रिक समाबेशी समूह। तर, राजनीतिक प्रभाव छैन भन्नकै लागि प्यानलमा कांग्रेस र कम्युनिस्ट भन्ने चाहिँ लेखिदैन।

राजनीतिक आस्था नराख्ने स्वतन्त्र उम्मेदवारहरु अहिले यी प्यानलका कारण चुनावमा पराजित भएका छन्। चुनाव जित्नैका लागि भएपनि कहीँ कतै राजीतिक आस्था राख्नु नै पर्ने भएकाले पनि एनआरएनएप्रतिको आकर्षण घट्दो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment