Comments Add Comment

परिवारको आर्थिक समृद्धिको आधार के हो ?

भनिन्छ, धेरैजसो पारिवारिक कलह पैसा वा आर्थिक संकटले पैदा गर्छ । यदि पर्याप्त पैसा हुने हो भने पारिवारिक अभाव र संकटहरु सजिलै टार्न सकिन्छ । त्यसैले परिवार सुखको लागि बलियो आर्थिक अवस्था पनि एउटा आधार हो । एउटा भनाई चाहि के छ भने, पैसा कति कमाइन्छ त्यो भन्दा महत्वपूर्ण कति बचत गरिन्छ भन्ने हो । यदि परिवार खर्चालु छ भने जतिसुकै धन पनि अपुग छ । तर, वचन गर्ने वानी वा पैसाको जतन गर्ने बानी छ भने त्यसले परिवारमा आर्थिक समृद्धि ल्याउँछ ।

प्रत्येक व्यक्तिलाई आफ्नो पहिलो कमाई विशेष र महत्वपुर्ण हुन्छ । महिनाभरिको मेहनतको फल अति नै प्यारो हुन्छ । त्यो कमाइले आफूले चाहेका सबै कुरा गर्न, किनमेल गर्न, घुम्नका लागि खर्च गरुँ जस्तो लाग्छ । नयाँ कमाइलाई फजूल खर्च गर्न र त्यसले उल्लास मनाउने दवाव पनि धेरै हुन्छ ।

जीवनको दोस्रो दशकमा प्रायः सबैले कमाउन थाल्छन् । त्यस्तै, कुनै ठूलो व्यवहार र जिम्मेदारी नभएको कारण आफूले कमाएको पैसा फजुल खर्च गर्ने समय पनि त्यही हो । साथी-भाइको लहैलहै र दवावका कारण आफुले कमाएको पैसा बिना अर्थ खर्च हुन्छ । त्यही उमेर हो, आफूले कमाएको पैसा खर्च गर्ने कि बचत गर्ने बानी लगाउने ? त्यो उमेरमा सबैलाई आफूले चाहे अनुरुप बाँच्न मन लाग्छ । आफूलाई मन पर्ने ब्राण्डको ब्याग, लुगा, जुत्ता सबै कुरा किन्न मन लाग्छ । आफ्नो इच्छालाई पूर्ण रुपले नियन्त्रण गर्नु र आफू वरपरका चीजहरुलाई हेर्दै नहेरी आँखा बन्द गर्नुहोस् भन्ने हाम्रो उद्देश्य होइन ।

जसरी तपाईं आफ्नो कमाइको पैसाले के-के गर्ने भन्ने लिस्ट बनाउनुहुन्छ, त्यसरी नै बचत र लगानीको शुरुआत गर्ने लिस्ट बनाउने समय पनि यही नै हो । सीमित कमाइमा कसरी लगानी हुन्छ भन्ने सोच्दै हुनुहुन्छ भने एउटा कुरा राम्रोसंग बुझ्नुहोस्, आजको तपाईंको स-सानो बचतले भोलि तपाईंलाई करोडपति बनाउन सक्छ । यहाँ आफ्नो कमाइबाट कसरी बचत गर्ने भन्ने बारेमा केही जानकारी दिइएको छ ।

आफ्नो उमेरको फाइदा उठाउनुहोस्

जीवनको दोस्रो दशक भनेको त्यस्तो उमेर हो, जसमा तपाईंप्रति कोही आश्रति हुँदैन । परिवारको जिम्मेवारी तपाईंमा नहुने धेरै सम्भावना हुन्छ । घरको ऋण तिर्नुपर्ने, बच्चाको स्कूल फी आदि तिर्नुपर्ने झन्झट तपाईंमा नहुन  सक्छ । त्यसैले यो मौकाको पुर्ण फाइदा उठाउनुहोस् र आजैदेखि वचत गर्न थाल्नुहोस् ।

त्यसो गर्दा जीवनको तेस्रो दशकमा तपाईंलाई धेरै बोझ उठाउनु पर्दैन । सर्वप्रथम आफ्नो भविष्यको योजनालाई एउटा डायरीमा लेख्नुहोस् । एउटा लक्ष्य बनाउनुहोस् र आफ्नो कमाइलाई त्यही अनुरुप भाग लगाउनुहोस् । यदि तपाइर्ं घर किन्ने सोचाईमा हुनुहुन्छ भने अहिलेबाट नै घरको लागि पैसा जुटाउनतिर लाग्नुहोस् । भविष्य सुरक्षित राख्ने शुरुआतको लागि ४० वर्षलाई नकुर्नुहोस्  ।

शुरुमा गरेको योजनाका फाइदाहरु

कम उमेरमा वचत गर्नुको अर्को फाइदा, यदि तपाईं छिट्टो अवकाश लिन चाहनुहुन्छ भने सजिलै अवकाश लिन सक्नुहुन्छ  । तपाईंले शुरुदेखि गरेेको वचतका कारण तपाईंले चाहेको समयमा सजिलै अवकाश लिन सक्नुहुन्छ । त्यसबाहेक जति छिटो तपाईं वचत गर्न थाल्नुहुन्छ, त्यति नै चाँडो तपाईंलाई त्यसको ब्याज पनि प्राप्त हुन थाल्छ । सुन्दा सामान्य कुरा लाग्न सक्छ तर तपाईंले वचत गर्नुभएको मूल रकमको ब्याज हरेक महिना प्राप्त हुन्छ र भोलिको दिन तपाईंले वचत गर्नुभएको मूल रकम र ब्याज मिलाएर त्यसमा पनि ब्याज प्राप्त हुन्छ, जसले तपाईंलाई ठूलो लाभ हुन्छ ।

यदि तपाईंको सपना करोडपति बन्ने छ र ५-६ हजार रुपैयाँ वचत गरेर के गर्नु ? भन्ने सोच्नुहुन्छ भने तपाईं गलत सोच्दै हुनुहुन्छ । किन भने यही नै सही समय हो, वचत गरेर करोडपति बन्ने ।

यदि तपाईले २० बर्षको उमेरमा हरेक महिना ६००० रुपैया बचाउन शुरु गर्नुहुन्छ र न्युन ब्याजदरको कुरा गर्दा पनि यदि तपाईले १० प्रतिशत मुनाफा प्राप्त भएको छ भने तपाई चौथो दशकमा पुग्दा करोडपति बन्नुहुन्छ ।

यदि तपाईंले सही योजना बनाउनुभयो भने यो भन्दा धेरै नाफा पनि हुन सक्छ । त्यसैले लक्ष्य राख्नुहोस् र सानो रकम पनि वचत गर्ने बानी बसाल्नुहोस्, जसले भविष्यमा तपाइर्ंलाई ठूलो लगानीकर्ता बन्न सहयोग पुग्छ ।

कसरी गर्ने बचत ?

वचत गर्नका लािग कर नलाग्ने अथवा कम कर लाग्ने योजनाहरु छनोट गर्नुपर्छ । व्यवस्थित लगानी योजनामा लगानी गर्नुपर्छ । जसरी तपाईंंको आय बढ्दै जान्छ, त्यसरी नै तपाईंले वचत अथवा लगानी पनि बढाउँदै जानु पर्छ । वास्तविक जीवनमा करोडपति बन्नका लागि धेरै समय र मिहिनेतको आवश्यकता पर्दछ ।  त्यसैले तपाईंले अनुशासित भएर यही उमेरबाट नै वचत र लगानी गर्न थाल्नुपर्छ । यदि तपाईं आफ्नो आम्दानीलाई राम्रो सदुपयोग गर्न चाहनुहुन्छ भने तपाईंको आम्दानीको १० प्रतिशत लगानी गर्नुपर्छ र १० प्रतिशत वचत गर्नु बुद्धिमानी हुन्छ । त्यस्तै सपिङ अथवा आफ्नो सौख पूरा गर्नका लागि आफ्नो तलबको ३० देखि ३५ प्रतिशत भन्दा धेरै रकम खर्च गर्नु हुँदैन ।

वचत, लगानी र इच्छा अनुरुपको खर्चबाट बचेको रकम आफ्नो दिनहुँको आवश्यकता पूरा गर्नको लागि राख्नुपर्छ । तपाईंले आफ्नो दिनहुँ आवश्यक पर्ने कुराहरुबाट पनि अति आवश्यक कुराहरुमा मात्र खर्च गरेर बाँकी  रकम वचत गर्ने बानी बसाल्नु आवश्यक हुन्छ । यसरी तपाईं स-साना रकमलाई वचत र लगानी गरेर भविष्य सुुरक्षित गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment