Comments Add Comment

ट्रायल परीक्षा पास गराइदिने भन्दै रकम लिने दुईजना पक्राउ

११ भदौ, जनकपुरधाम । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल परीक्षा पास गराइदिने भन्दै सर्वसाधारणसँग रकम असुल्ने दुई जना जनकपुरधामबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ११ बस्ने २५ वर्षीय जितेन्द्र यादव र महोत्तरीको महोत्तरी गाउँपालिका २ बस्ने २८ वर्षीय पंकज कुमार सिंह छन् ।

जितेन्द्रले धनुषाको मिथिला नगरपालिका ६ बस्ने देवेन्द्रप्रसाद यादवसँग ५ हजार र सबैला नगरपालिका १० बस्ने अरुण कुमार पन्जियारसँग ७ हजार रुपैयाँ लिएका थिए ।

जितेन्द्रलाई ४० हजार नगद र विभिन्न व्यक्तिको लाइसेन्स बनाउने कागजातसहित पक्रउ गरिएको छ । उनलाई ठगी मुद्दामा धनुषा जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

यस्तै, १० जनाको सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै जितेन्द्रलाई रु १ लाख ५१ हजारको चेक दिने पंकज कुमार सिंहलाई पनि पक्राउ गरी अनुसन्धान शुरु गरिएको जैसबारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment