Comments Add Comment

वर्षालाई ‘लक्का जवान’को आशा

नायिका वर्षा सिवाकोटीको यो बर्ष चलचित्र ‘वीर विक्रम २’ रिलिज भएको थियो । व्यापारिक रुपमा असफल भएको यो चलचित्रले वर्षालाई खासै फाइदा दिएन । यसैले पनि उनलाई हिट चलचित्रको खाँचो देखिएको छ । हालै मात्र, चलचित्रको विदेश प्रदर्शन सकेर नेपाल फर्किएकी नायिका सिवाकोटीले छायांकन भैरहेको चलचित्र ‘लक्का जवान’लाई लिएर उत्साह जनाएकी छिन् ।

यो चलचित्रलाई शिवहरि पौडेलले निर्देशन गरिरहेका छन् । चलचित्रमा प्राय ‘जिरे खुर्सानी’ हाँस्य सिरियलका कलाकार छन् । किरण केसी, दिलिप रायमाझी, सुरेन्द्र केसी, सलोन बस्नेत लगायतका कलाकारले अभिनय गरिरहेको चलचित्रमा वर्षालाई काम देखाउने मौका समेत छ ।

चलचित्रको घोषणा सभामा नेपाल बाहिर भएकाले उपस्थित हुन नसकेकी वर्षाले ‘लक्का जवान’को छायांकन सुरु गरेको जानकारी दिएकी छिन् । केही कलाकारले हुलमुलका चलचित्रमा काम गर्दा फाइदा नहुने बताइरहेको समयमा वर्षाले भने यसपटक यस्तै समुह रोजेकी छिन् । भदौको पहिलो साताबाट चलचित्रको छायांकन काभ्रेमा भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment