+
+
WC Series
जनकपुर बोल्ट्स 2025
91/8 (15.6)
VS
२४ बलमा ६५ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

जोनको जोडी बन्दै काजोल

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ११ गते १२:२९

बलिउड चलचित्रका निर्देशक संजय गुप्ताले बनाएका ‘सुटवाउट एट वाडाला, काविल’ जस्ता चलचित्र बक्स अफिसमा सफल मानिन्छन् । उनै, संजय अब नयाँ चलचित्र ‘मुम्बई सागा’को छायांकनको तयारीमा जुटेका छन् । यो चलचित्रको छायांकन मंगलबारदेखि महालक्ष्मी मन्दिरबाट सुरु भएको छ ।

चलचित्रमा नायक जोन अव्राहम र इमरान हाश्मी मुख्य भूमिकामा छन् । यी दुई कलाकारको एक्सनको दृश्य मंगलबार खिचिएको संजयले भारतीय मिडियासँग बताएका छन् । यसैविच, यो चलचित्रका लागि नायिकाको रुपमा काजोल अग्रवालले काम गर्ने पक्का भएको छ । काजोलले आजबाट काम सुरु गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

काजोल नायक अव्राहमको प्रेमिकाको भूमिकामा चलचित्रमा देखिदैछिन् । उनले, काम गर्नका लागि सहजै हुन्छ भनेको निर्माणपक्षले बताएको छ । यो ग्याङस्टार चलचित्र हो । संजयले काजोलको भूमिकाको बारेमा भनेका छन्–‘उनलाई सुरुवातमा चलचित्रमा जोनको प्रेमिकाको भूमिकामा देख्न पाइनेछ । पछि, उनी जोनकै पत्नीको रुपमा देखिनेछिन् ।’

संजयले चलचित्रका लागि १७ बर्षको उमेरकी कलेज गल हुँदै ३० बर्षकी श्रीमतीको रुपमा देखिने नायिका खोजेका थिए । यसका लागि काजोल फिट भएको उनको तर्क छ । काजोल साउथ चलचित्र बजारमा चर्चित नायिकाको रुपमा परिचित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?