Comments Add Comment

छायादेवी चेतनाथ गजल पुरस्कार ‘अनाहत’लाई

युएई । यस वर्षको ‘छायादेवी चेतनाथ गजल पुरस्कार युएईमा कार्यरत सर्जक टक गुरुङको गजल संग्रह ‘अनाहत’ले प्रदान गरिएको छ ।

बुलबुल पब्लिकेशनको वाषिर्कोत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा पुरस्कार वितरण गरिएको हो ।

०७५ सालमा प्रकाशित गजल संग्रहहरु -छायादेवी चेतनाथ गजल पुरस्कार समितिमा दर्ता गरिएको थियो । पुरस्कारका लागि दर्ता भएका कृतिहरुमध्ये यो वर्ष टीका आत्रेय पौड्यालको ‘युगको संघार, नयन अधिकारीको ‘नयनको मोड’, नमिता बरालको ‘आँगन’ र टक गुरुङको ‘अनाहत’ मनोनयनमा परेका थिए ।

मनोनयनमा परेका गजल कृतिहरुमध्येबाट निर्णायकको मूल्यांकनका आधारमा ‘अनाहत’ ले यो पुरस्कार पाएको हो । गत वर्ष यो पुरस्कार ‘गजल इन्ऽणी ३’ ले प्राप्त गरेको थियो ।

युएईमै कार्यरत गजलकार जे.सागरले आफ्ना मातापिताको नाममा २०७४ सालमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।

दश हजार नगद राशीसहित प्रशंसा पत्रले सम्मान गरिने छायादेवी चेतनाथ गजल पुरस्कार हरेक वर्ष एक उत्कृष्ट गजल कृतिलाई दिइने गरिएको छ ।

यसको संयोजन बुलबुल पब्लिकेशनले गर्दै आएको छ । कार्यक्रमका बीच अग्रज गजलकारद्वय रवि प्राञ्जल र करुण थापा तथा छायादेवी- चेतनाथ पराजुलीले संयुक्तरूपमा सो पुरस्कार प्रदान गरेका हुन् ।

सर्जक गुरुङ प्रवासमा रहेका कारण उनको प्रतिनिधित्व गर्दै गजलकार लालकाजी श्रेष्ठले सो पुरस्कार ग्रहण गरेका थिए । कार्यक्रमको सहजीकरण बुलबुल पब्लिकेसनका निर्देशक अच्युत घिमिरेले गरेका थिए ।

सर्जक गुरुङ युएईलाई कर्मथलो बनाएर साहित्य सिर्जनामा सकृय छन् । आफ्नो गजल सग्रह पुरस्कृत भएको प्रति उनले आभार प्रकट गरे । साथै पुरस्कार राशी गजलकै सेवामा समर्पित गदै बहरबहार नेपाललाई हस्तान्तरण गर्ने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment