
नाडा अटो शोमा जिपको कम्पास ट्रायलहक सार्वजनिक भएको छ । यो एसयुभी ‘ट्रायल रेटेड’ पहिलो जिप हो जुन नेपालमा भित्रिएको छ ।
ट्रायलहकमा २.० लिटरको मल्टिजेड डिजेल इन्जिन प्रयोग गरिएको छ जसले १७३ पीएस पावर र ३५० एनएम टर्क उत्पन्न छ । टायलहकको इन्जिन बीएस६ स्टयान्डार्डअनुसारको छ । ९ स्पिड अटोमेटिक गियर बक्स यसको सबैभन्दा ठूलो परिवर्तन हो । डिजेल भर्सनका पुराना कम्पासमा ६ स्पिड म्यानुअल गियरबक्स थियो भने १.४ लिटरको पेटोल इन्जिनमा ७ स्पिड डीसीटी अटोमेटिक गियरबक्स थियो ।
कम्पास टायहलकमा डिजेल अटोमेटिक कम्बिनेसन छ र कठोर भूबनोटमा पनि गुडन सक्ने क्षमता छ । नेपालमा यसको मूल्य एक करोड २५ लाखको हाराहारीमा हुने अपेक्षा गरिएको छ ।
वास्तवमा जिपले कम्पास ट्रायलहकलाई दिएको ‘ट्रायल रेटेड’ ब्याजको विशेष महत्व छ । प्रायः सबै र्यांग्लर र जिपका केही मोडेल जस्तो कि चेरोकी, ग्रान्ड चेरोकी र रेनेगेडको बडीमा जिपको चर्चित ‘ट्रायल रेटेड ब्याज’ टाँसिएको हुन्छ । ‘ट्रायल रेटेड’ ब्याज राख्ने चलन सन् २००४ मा मात्र सुरु भएको भए पनि जिप आफ्नो स्थापनाकालदेखि नै अति क्षमता भएको फोर ह्विल ड्राइभ गाडी निर्माण गर्नमा प्रतिबद्ध रहँदै आएको छ । तर ‘ट्रायल रेटेड’को अर्थ के हो त ?
सतही रुपमा यसको अर्थ यी गाडीहरु ‘अफरोड यात्राका लागि प्रमाणित छ’ भनिएको हो । तर यसको महत्व योभन्दा पनि गम्भीर छ । जिपले ‘ट्रायल रेटेड’ शब्दलाई हलुका रुपमा लिँदैन ।
‘ट्रायल रेटेड एउटा ब्याज मात्र होइन । यसले जस्तोसुकै चुनौती सामना गर्ने आत्मविश्वासलाई प्रतिनिधित्व गर्छ । यो तपाईंका सीमाहरु पत्ता लगाउने र त्यसलाई पार गर्ने असीमिति अवसर सिर्जना गर्ने हाम्रो प्रतिबद्धता हो । जब तपाई ट्रायल रेटेड गाडी चढ्नु हुन्छ, तपाईंले जान चाहने हरेक गन्तव्यमा बाटो हुनेछ ।’ जिप कम्पनीले ‘ट्रायल रेटेड’लाई यसरी परिभाषित गरेको छ । यो वास्तवमा अर्थपूर्ण परिभाषा हो ।
धेरै मानिसहरु यो ब्याजलाई ख्याल गर्दैनन् वा देखे पनि यसको महत्वबारे जानकार हुँदैनन् । वास्तवमा यो अर्थहीन डिजाइन फ्याक्टर मात्र होइन यसले स्वतन्त्र जीवनशैलीलाई संकेत गर्छ जसलाई ‘एबिलिटी टु गो एनिह्वेर, डु एनिथिङ’ (जहाँसुकै जानसक्ने र जेसुकै गर्न सक्ने क्षमता)ले उर्जा दिइरहेको हुन्छ । जिप महान् अफरोड यात्राका लागि उत्तम एसयुभी बनाउन प्रतिबद्ध छ । ट्रायल रेटेड ब्याज भएको हरेक जिपले चुनौतीपूर्ण पाँच परीक्षाको सिलसिला पार गरेको हुनुपर्छ । ‘आर्टिकुलेसन’, ‘ग्राउन्ड क्लेरेन्स’, ‘मेनियारिबिलिटी’, ‘ट्रयाक्सन’ र ‘वाटर फोर्डिङ’ ती परीक्षाहरु हुन् ।
‘आर्टिकुलेसन’ अर्थ खराब वा चट्टानी सतह पार गर्दा पनि टायरहरु भूइँमा ‘फिक्स’ गरेर राख्नु हो । ‘आर्टिकुलेसन’ राम्रो भयो भने गाडीको ‘लचकता’ पनि राम्रो हुन्छ । अफरोड यात्रामा ‘फ्लेक्जिबल सस्पेन्सन सिस्टम’ निकै काम आउँछ । तपाईंको एउटा टायर हिलो वा खाडलमा अड्किए पनि तपाईं अन्य टायरको मद्दतले त्यो अवरोधलाई सजिलै पार लगाउन सक्नुहुनेछ । ४बाई४ ट्रायल रेटेड जिपले जुनसकै भौगोलिक सतहको चुनौतीको सामना गर्न सक्छ ।
अफरोड यात्रामा ‘ग्राउन्ड क्लेरेन्स’ को भूमिका महत्वपूर्ण हुन्छ । यदि तपाईंको गाडीको क्लेरेन्स उच्च छैन भने चट्टानी सतहमा यात्रा गर्दा गाडीको मुनिको भागमा मात्र होइन अगाडिको भाग -एप्रोच र ब्रेकओभर) र पछाडिको भाग (डिर्पाचर एंगल)मा पनि क्षति पुग्नसक्छ । त्यसैले पहाड चढ्दा वा झर्दा ग्राउन्ड क्लेरेन्सको साथ ‘एप्रोच र ब्रेकओभर एंगल’ पनि राम्रो हुनुपर्छ जुन ट्रायल रेटेड जिपमा हुन्छ ।
‘म्यानुराबिलिटी भनेको ‘ट्रायल’मा जाने क्षमताको मापक हो । गाडीले हुन हदसम्म ‘शार्प टर्न’ सक्छ ? ‘टर्निङ रेडियस’ कति कम छ ? यी दुवै कुरा गाडीको ह्विलबेस र स्टेरिङको ‘पि्रसाइजनेस’मा निर्भर हुन्छ ।
तपाईं ‘ट्रयाक्सन’ विना अफरोडको कल्पना गर्न सक्नु हुन्न । जिपको ट्रायल रेटेड गाडीहरु हिउँ, बालुवा वा चिप्लो माटोमा पनि सजिलै गुड्ने क्षमता राख्छन् । जिपको फोर ह्विल ड्राइभले सतहमा गि्रप कायम गर्न र गाडीलाई नियन्त्रणमा राख्न मद्दत गर्छ
सम्भवतः अफरोड यात्राको सबैभन्दा रोमाञ्चक पक्ष नदी, खोला वा पानीले भरिएको स्थान पार गर्नु हो । ट्रायल रेटेड जिपमा ‘वाटर फोर्डिङ’ गर्ने क्षमता हुन्छ । यस्ता गाडीमा हरेक प्वा र इलेक्टि्रक कनेक्सनहरु सिल गरिएका हुन्छन् ताकि पानीले कुनै क्षति नपुर्यायओस् । उच्च एयर इन्टेकले पनि फिल्टरसम्म पानीको सतह आउनबाट रोक्छ । सामान्यतया जिपले १९ देखि ३० इन्चसम्मको गहिराइ भएको पानीलाई पार गर्न सक्छ ।
जिपले यी कठोर परीक्षणको सुरुवात मिशिगनस्थित फियाट् क्रिस्टलको मुख्यालयबाट गर्छ । मिशिगतको चिसोमा ट्रायल रेटेड जिप निर्धक्क चल्नुपर्छ । त्यसपछि यी गाडी क्यालिफोर्नियास्थित रुबिकन ट्रायल र मोआबस्थित चट्टानी सतहमा ट्रायलका लागि लगिन्छ । यी दुवै स्थानको जलवायु र ड्राइभिङ अवस्था झनै खराब छ । यी सबै चुनौतीको सामना गरी सकेपछि मात्र जिपले ‘ट्रायल रेटेड’ राख्न पाउँछ ।
प्रतिक्रिया 4