+

प्रकाश दाहालको स्‍मृतिमा सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता

२०७६ भदौ  ११ गते १९:०९ २०७६ भदौ ११ गते १९:०९
प्रकाश दाहालको स्‍मृतिमा सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता

११ भदौ, काठमाडौं । प्रगतिशील युवा नेपालले घरेलु भलिबलमा सर्वाधिक पुरस्‍कार राशीको खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आयोजकले बुधबार पत्रकार सम्मेलन गरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको स्मृतिमा काठमाडौंमा भदौ २४ देखि २८ गतेसम्म सर्वाधिक पुरस्कार राशीको ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता गराउने जानकारी दिएको हो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ । जुन पुरुष भलिबलमा सर्वाधिक पुरस्‍कार हो । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल हात पार्नेछन् । स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा तीन विभागीयसहित बढीमा १० टोलीको सहभागिता रहनेछ । एक टोलीले ३ विदेशी खेलाडी राख्न पाउने र तीनै जनाले एकै पटक कोर्टमा खेल्न पाउने प्रावधान आयोजकले राखेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय