Comments Add Comment

नाडामा टाटाको चर्चाः सुरक्षा, सुविधा र प्रतिस्पर्धी मूल्यमा तानिँदै ग्राहक (भिडियो)

धेरै मान्छेले कार किन्न जाँदा पहिले मूल्य, छुट र सुविधा नै सोध्छन् । अधिकांशले सुरक्षाको विषयलाई याद नै गर्दैनन् या भनौं मतलब नै गर्दैनन् । यदि सुरक्षित कार खोज्ने हो भने बजारमा विकल्पहरु पनि थोरै मात्रै उपलब्ध छ । सुरक्षित कारका लागि एक वर्ष अघिसम्म नेपालमा ठूलो नै रकम खर्चिनुपथ्र्यो । तर, अब टाटाले आफ्ना गाडीमार्फत सजिलो विकल्प दिएको छ ।

टाटाले नेपालमा पेसेन्जर भेहिकल सेगमेन्टमा निकै प्रगति गर्दैछ । पछिल्ला उत्पादनहरुले टाटालाई नयाँ उचाइमा लैजाँदै छ । पेसेन्जर भेहिकलतर्फ पनि टाटाले अब प्रिमियम स्तरका उत्पादनमा ध्यान दिन थालेको छ । यो वर्ष नाडामा ‘एच-५’ नेपाल आयो ।

यअसघि नेक्सार र हेक्साबाट उत्साहजनक प्रतिक्रिया बटुलेको टाटाले यो पटक ल्यान्डरोभरको प्लेटर्फममा भनेको डाडीलाई अवश्विसनीय मूलयमा नेपाली बजारमा उतारेको छ ।

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरेको हो ।

भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको मूल्य नेपाली बजारमा शुरुवाती मूल्य ५६ लाख ५५ हजार तोकिएको छ । यो सुरक्षका हिसावले निकै मजबुत कार हो ।

नेपाली बजारमा टाटा एच फाइभको बुकिङ केही दिनअघि खुला भएको थियो । टाटा एच फाइभको डेलिभरी सेप्टेम्बरबाट सुरू हुने र पहिला बुक गर्नेलाई प्राथमिकता दिइने सिप्रदीले जनाएको छ ।

टाटा मोटर्सका प्यासेन्जर भेइकल्स इन्टरनेशनल बिजनेसका प्रमुख सुजन रोयले टाटा एच फाइभले नेपाली एसयूभी बजारमा आमुल परिवर्तन ल्याउने बताएका छन् । नेपाली एसयूभी पारखीहरूले आकर्षक बनावट तथा खराब बाटोहरूमा पनि उच्च प्रदर्शन तथा राम्रो कन्ट्रोल गर्न सक्ने टाटा एच फाइभलाई मनपराउने बताए ।

क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ । एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको डि एट प्लेटर्फममा निर्माण गरिएको गाडी हो । आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफंगसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् ।

नेपाली बजारमा टाटा एच फाइभ सार्वजनिक गरिएको जानकारी दिँदै सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा एच फाइभ सर्वोत्कृष्ट उत्पादन भएको र नेपाली बजारमा लोकपि्रय हुनेमा विश्वास व्यक्त गर्छन् ।

हेर्दा र चढ्दा प्रिमियम गाडीको झल्को आउने भए पनि यो गाडीको मूल्य भने अपेक्षित सस्तो रहेको कम्पनीको दावी छ ।

उत्कृष्ट प्लेटर्फममा बनेको यो गाडी लुक्समा मात्रै सानदार छैन, परफर्मेन्स र सुरक्षाका हिसावले पनि अब्बल मानिएको छ । यसले नेपाली बजारमा प्रभाव छाड्ने कम्पनीको विश्वास छ ।

टाटाको नेक्सन पनि उत्तिकै सुरक्षित कार हो, यो प्रमाणित भइसकेको छ । नेक्सनले ग्लोबल एनक्यापले टाटाको एसयूभी नेक्सनको क्रयास टेस्टको उत्कृष्ट नतिजा प्राप्त गरेको कुरा धेरैलाई थाहा नै छैन ।

सुरक्षाका मामिलामा भएको ‘क्रयास टेस्ट’मा नेक्सनले ५ स्टार रेटिङ पाएको छ । यो टेस्ट भारतमा बनेको नेक्सनमा गरिएको थियो । यसअनुसार नेक्सनले भारतमा बनेको कार मध्ये सुरक्षामा मामिलामा ५ स्टार पाउने पहिलो कार हुँदै इतिहास बनायो ।

यो परीक्षणमा एडल्ट इक्विपमेन्ट प्रोटेक्सन र चाइल्ड इक्विपमेन्ट प्रोटेक्सनमा नेक्सन उत्कृष्ट ठहरिएको छ । बडीको मजबुतिको कारण नै नेक्सनले राम्रो नतिजा ल्याएको हो । नेक्सनलाई ६४ किलोमिटर प्रतिघण्टाको रफ्तारमा दौडाएर मजबुत संरचनामा ठोक्काइएको थियो ।

कारको चारैतर्फबाट ठक्कर दिएर यो परीक्षण भएको थियो । परीक्षणमा अघिको भागमा क्षति भएपनि एयरब्याग समयमै खुल्यो । परीक्षणकर्ता कम्पनीले नेक्सनका चालक र यात्रुको टाउको र घाँटीको सुरक्षा राम्रो देखिएको जनाएको छ । यात्रुको अन्य भागमा पनि ठूलो क्षति नपुग्ने ठहर टेस्टमा गरियो ।

त्यसैले यात्रुको सुरक्षाका मामिलामा पनि कार उत्कृष्ट सावित भएको छ । नेक्सनमा डुअल एयरब्याग छ । आईएसओफिक्स, एबीएस र कर्नर स्टेबिलिटी कन्ट्रोलको स्टान्डर्ड फिचर्स पनि छ ।

यो कार राजमार्गमा ठूलो दुर्घटनामा परेपनि यात्रु सुरक्षित रहने सम्भवना धेरै हुन्छ । पछिल्लो सयममा नेपालमा दुघंटनाको दर बढ्दो हुँदा ग्राहकहरुले पनि सुरक्षित कारको खोजी गरिररहेका हुन्छन् ।

तर, विश्वसनीय र सजिलो विकल्प प्राप्त नहुनेहरु नेक्सन नआउँदासम्म निरास थिए । अहिले नेक्सनले सुरक्षित कारको विकल्प दिएको छ । नेक्सन यात्रुको सुरक्षालाई नै ध्यान दिइएर बनाइएको कार भएको कम्पनी बताउँछ ।

यो कारमा अगाडिर पछाडि बसेर यात्रा गर्ने यात्रुलाई दुर्घटनाका बेलमा जोखिम निकै कम हुन्छ । यसको सुरक्षा फिचर्सका कारणले नै यो कारमा यात्रा गर्दा दरिलो आत्मविश्वास प्राप्त हुन्छ ।

कम्पनीका अनुसर यो गाडीलाई धेरै ग्राहकले रुचाएका छन् र निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । अहिले नेपाली कार बजारमा बढी चर्चामा रहेका कारमध्ये एक हो । नेक्सनलाई उपभोक्ताले रुचाएका पनि छन् ।

टाटाको आफ्नै प्रभावशाली डिजाइन दर्शनमा आधारित चौंथो उत्पादन हो, नेक्सन । निकै प्रतिस्पर्धी मूल्यमा नेपाली बजारमा आएको नेक्सनले निकै राम्रो प्रभाव छाड्दैछ ।

टाटा नेक्सनमा केही भागका डिजाइनहरु ल्याण्ड रोभर मोडेलहरु, विशेष गरी रेञ्ज रोभर इभोकबाट प्रेरित छ । कर्भ डिजाइन, पृथक स्टाईल र स्मार्ट फिचरहरुका साथ नेक्सनले कम्प्याक्ट एसयूभी स्पेसको वर्गमा नयाँ आयाम ल्याएको छ ।

नाडामा टाटा टियायो

सुरक्षाका मामिलामा समझौता नगरी बनेको कार हो । यसको एयरब्याग आपतकालीन अवस्थामा निकै छिटो खुलेर सुरक्षा प्रदान गर्छ । आईएसओफिक्स, एबीएस र कर्नर स्टेबिलिटी कन्ट्रोलको स्टान्डर्ड फिचर्सले यात्रुलाई कारभित्र सुरक्षात्मक वातावरण दिन निकै सहयोग गरेको छ ।

नेक्सनमा किलेस इन्ट्रीको सुविधा पनि छ । फ्रन्ट सिल्ट बेल्ट, रेयर डेफोगर, रेयर एण्ड फ्रन्ट  फग ल्याम्प, एबीएस विद ईबीडी लगायतका फिचर पनि छन् ।

उत्कृष्ट ग्राउण्ड क्लेयरेन्स र क्षमताका कारण यो गाडी नेपाली बाटोका लागि उपयुक्त छ । यसमा २०९ एमएमको ग्राउण्ड क्लेयरेन्स छ ।

त्यसैले पनि नेक्सनले यात्रुलाई निकै आत्मविश्वास दिन्छ । गाडीमा रेयर पार्किङ सेन्सरहित विशेष सुविधासहितको क्यामेरा पनि छ ।

नेक्सन इम्प्रेसिभ लुक्सका साथमा दमदार इञ्जिनसहित बनेको छ । नेक्सनमा १.२ लिटरको ३ सिलिन्डरयुक्त रेभोर्टन इञ्जिन छ । डिजेल भर्सनमा भने १५ सय सीसीमा ४ सिलिन्डरको रेभोटर्क इन्जिन छ ।

पेट्रोल इन्जिनले ११० पीएसको पावरका साथमा १७० एमएमको टर्क उत्पादन गर्छ । डिजेल इन्जिनले भने १०९ पीएसमा २६० एनएमको टर्क दिन्छ । दुबै भर्सनमा ६ स्पीड म्यानुअल ट्रान्समिसन छ ।

सहज ड्राइभिङका लागि ४ वटा मोडको विकल्प छ । इको, सिटी र स्पोर्ट मोडमा गाडी चलाउन सकिन्छ । यसको सस्पेन्सन सिस्टम पनि नेपाली बाटोको लागि उपयुक्त छ ।

भिडियो हेर्नुस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment