 
																			चलचित्र ‘आमा’को यतिबेला धमाधम छायांकन भैरहेको छ । पानीमा मात्रै छायांकन गर्नुपरेकाले पनि यसको काम लम्बिएको हो । चलचित्रमा कलाकार मिथिला शर्मा शिर्ष भूमिकामा छिन् भने नायिका सुरक्षा पन्त छोरीको भूमिकामा छिन् ।
नायिका पन्तले चलचित्रका लागि कपाल मुण्डन गरेकी छिन् ।
सुरक्षाले चलचित्रमै कपाल मुण्डन गरेको देखाउनुपर्ने भएकाले आफूले संझौता नगरेको बताइन् । भनिन्–‘आफ्नो लामो कपाल मुण्डन गर्दा भावूक त भएँ । तर, कपाल मुण्डन नगर्दा दृश्यमा भाव नदेखिने भएकाले मैले हुँदैन भनिन ।’

उनले आफूले चलचित्रमा हरेक समय केही नयाँ गर्न चाहेको बताइन् । यसैले, केही नयाँ गर्नुपर्छ भन्ने सोच राखेर मात्र नहुने, गरेरै देखाउनुपर्ने भएकाले पनि आफूले मुण्डन कपाल देखाउनका लागि अरु विकल्प नखोजेको उनले बताइन् ।
चलचित्रमा यो दृश्यमा अभिनय गर्दा आफू धेरै रोएको उनले सुनाइन् । दिपेन्द्र के खनालको निर्देशनमा तयार भैरहेको यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । यो चलचित्र फागूणको ९ गतेबाट रिलिज हुँदैछ । 
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4