Comments Add Comment

टाटा एच-फाइभ कला र विज्ञानको संयोजन होःसुजन रोय (भिडियो)

टाटाले नेपालमा पेसेन्जर भेहिकल सेगमेन्टमा निकै प्रगति गर्दैछ । पछिल्ला उत्पादनहरुले टाटालाई नयाँ उचाइमा लैजाँदै छ । पेसेन्जर भेहिकलतर्फ पनि टाटाले अब पि्रमियम स्तरका उत्पादनमा ध्यान दिन थालेको छ । यो वर्ष नाडामा ‘एच फाइभ’ नेपाल आयो ।

यअसघि नेक्सन र हेक्साबाट उत्साहजनक प्रतिक्रिया बटुलेको टाटाले यो पटक ल्यान्डरोभरको प्लेटर्फममा भनेको डाडीलाई अवश्विसनीय मूल्यमा नेपाली बजारमा उतारेको छ ।

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ नेपाली बजारमा सार्वजनिक गरेको हो ।

भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको मूल्य नेपाली बजारमा शुरुवाती मूल्य ५६ लाख ५५ हजार तोकिएको छ । यो सुरक्षाका हिसावले निकै मजबुत कार हो ।

यो कारका बारेमा नाडामा सहभागी हुन आएका टाटा मोटर्सको प्यासेन्जर भेहिकल सेगमेन्टका अन्तर्राष्ट्रिय ब्यापार प्रमुख सुजन रोयसाग ‘एच फाइभ’ र समग्र टाटा ब्रान्डबारे गरिएको कुराकानीको संम्पादित अंशः

नाडा अटो सोसँगै तपाईँहरूको नयाँ गाडी बजारमा आएको छ । यसबारे केही बताइदिनुस् न ।

यस वर्षको नाडा अटो सोका लागि मुख्य आकर्षणका रूपमा हामीले टाटाको एच् फाइभ सार्वजनिक गरेका छौँ । यसको सबैभन्दा मुख्य विशेषता भनेको यसको विशिष्ट (लेजिन्ड्री) डिएनए हो । यसको डिएनए ल्यान्डरोभर डिएनए प्लाटर्फममा आधारित छ । यो प्लाटर्फम आफैँमा प्रमाणित र सशक्त प्लाटर्फम हो ।

केही वर्ष अगाडि मात्र टाटाले जाग्वर ल्यान्ड रोभर ब्रान्डलाई अक्वायर गरेका कारणले हामी यो प्लाटर्फम प्रयोग गर्न सफल भएका छौँ । जाग्वर ल्यान्ड रोभर प्लाटर्फमका उपकरण प्रयोग गर्ने हाम्रो पहिलो सवारी एच् फाइभ हो, त्यसैलाई हामीले लेजिन्ड्री डिएनए भनेका छौँ ।

कार तथा एसयूभीलाई मन पराउने कुनै व्यक्ति जब एच फाइभभित्र बस्छ र राम्रानराम्रा सडकमा यसको परीक्षण गर्छ, उनीहरूलाई यो सवारी अरूभन्दा कसरी फरक छ थाहा भइहाल्छ । यो एकदमै दरिलो र आनन्ददायी छ ।

अर्को विशेषता भनेको लामो हृविलबेस हुनु हो । यसको हृविलबेस ल्यान्ड रोभर डिस्कभरी फोरको जस्तै छ । खास अरू केही नयाँ होइन, हाम्रो प्लाटर्फम नयाँ हो । तर यो एकदमै महत्वपूर्ण छ । यो कला पनि हो, विज्ञान पनि ।

भित्र पस्नुस् अनि तपाईँलाई थाहा हुन्छ यसका लेगरुम, फ्रन्टस्पेस, बुटस्पेस सबै फराकिला छन् । यो पनि लेजिन्ड्री डिएनएकै कारण हो । हामीले ल्यान्ड रोभर प्लाटर्फमबाट प्राप्त गरेको अर्को विशेषता के हो भने ड्यासबोर्डमा एउटा डायल छ अनि तपाईँ जस्तो भूबनोटमा हुनुहुन्छ, त्यस अनुसार तपाईँ आफ्नो सवारीको पर्फरमेन्सलाई बदल्न सक्नुहुन्छ । यसले गर्दा कठिन बाटाहरूमा थप सजिलो हुन्छ ।

नेपालका हकमा यसले हामीलाई विशिष्ट फाइदा दिन्छ किनकि अब तपाईँले फोरहृविल ड्राइभका लागि कतै जानुपर्दा थप खर्च गर्नुपर्दैन । कम उर्जा प्रभावकारिता, बढी मर्मत खर्च लगायतका समस्याबाट मुक्त हुनुहुन्छ । जस्तोसुकै सडकमा पनि यसको प्रभावकारिता उच्च रहन्छ ।

टाटा मोटर्समा हामी सुरक्षालाई गम्भीर रूपमा लिनछौँ । हाम्रो नेक्सनले फाइभ स्टार सेफ्टी रेटिङ् पाएको छ, जुन नेपालमा भएका गाडीमध्ये सबैभन्दा उच्च हो । हामी विश्वस्त छौँ कि हाम्रो एच् फाइभले पनि यस्तै उत्कृष्ट नतिजा प्राप्त गर्नेछ ।

अर्को मुख्य पक्ष सूचना तथा मनोरञ्जन (इन्फोटेनमेन्ट) प्रणाली हो । यसमा भएको जेभियल इन्फोटेनमेन्ट सिस्टम एकदमै महँगा गाडीहरूमा मात्र उपलब्ध हुन्छ । तर हामीले के महसुस गर्‍यौँ भने नेपाल तथा भारतका मानिसको ड्राइभिङ् प्लेजरमा अडियो सिस्टम पनि कम उर्जा खपत हुनुजत्तिकै महत्वपूर्ण हुन्छ ।

यो एकदमै गज्जबको सवारी बनेको छ । हामी यसमा गर्व गर्छौँ । हामी यसको भविष्यबारे उत्साही छौँ । तपाईँकी आमाले आफ्नो सम्पूर्ण माया र आशा खन्याएर कलात्मक तरिकाले तपाईँलाई दिएको खानाजस्तै छ यो ।

टाटाका लागि नेपाल कस्तो बजार हो ?

नेपाल हाम्रा लागि अत्यन्त महत्वपूर्ण बजार हो । भारतको घरेलु बजारपछिको सबभन्दा ठूलो बजार पनि यही हो । त्यसैले हाम्रा लागि नेपाली ग्राहकको आवाज महत्वपूर्ण छ । नेपाली ग्राहकले दिएका सुझावलाई हामी भविष्यका उत्पादनहरूमा समेट्नेछौँ ।

हामीले के पनि महसुस गरेका छौं भने नेपाली उपभोक्ता भारतीयभन्दा एक कदम अगाडि छन्, विशेषतः एक्सपोजरका कारणले । यहाँ विभिन्न ब्रान्डहरू छन् । दोस्रो ः यहाँको भूबनोटका कारण । अनि तेस्रो ः नेपालीहरूमा स्टाइलबारे विशिष्ट र उन्नत स्तरको ज्ञान छ । मोडेल तथा सेलिब्रिटी मात्र नभई सडकमा हिँडेका सामान्य नेपालीको पहिरन हेर्दा नै तपाईँ थाहा पाउनुहुन्छ । उनीहरूका सुझावले हामीलाई अझ राम्ररी र अझ छिटो अगाडि बढ्न मद्दत गर्छ ।

म तपाईँलाई सिप्रदीसँगको हाम्रो साझेदारीबारे पनि बताउन चाहान्छु । सिप्रदी हाम्रो ठूला साझेदारमध्ये एक हो र यसप्रति हाम्रो उच्च सम्मान छ । भर्खरै मात्र उहाँहरूले नेपालको यात्रुवाहक सवारीको क्षेत्रमा पनि एकदमै फराकिलो रूपमा टाटाको सञ्जाललाई विस्तार गर्ने प्रतिबद्धता गर्नुभएको छ । तपाईँले नेपालभरि नै धेरै टाटा गाडी देख्नुहुनेछ ।

टाटाले प्यासेन्जर कार सेगमेन्टमा नेपालमा कसरी आफ्नो नेटवर्क विस्तार गर्दैछ ?

म तपाईँलाई सङ्ख्याबारे त बताउन सक्दिन । हामीले खोजेजस्तो ठाउँ भेट्नु सजिलो छैन । तर हामी टाटाका यात्रुवाहक सवारी साधनलाई नेपाली उपभोक्ताका घरदैलासम्म पुर्‍याउन प्रतिबद्ध छौँ ।  हामी काठमाडौँ मात्र नभएर देशैभरिका सबै मुख्य सहरमा छौँ । तपाईँ जानुहोस् र नजिकको टाटा सोरुम कहाँ छ सोध्नुहोस्, थाहा पाइहाल्नुहुन्छ ।

हामी नेपालमा परिचित छौँ, र यसकै कारण हाम्रो आत्मविश्वास उच्च छ । नेपालमा करिब ३० सवारी ब्रान्ड छन् । तीमध्ये कतिले काठमाडौँ बाहिर सेवा विस्तार गरेका छन् ? कतिसँग हामी यसरी कार बेच्छौँ भन्ने योजना छ ?

गत वर्ष तपाईँहरूले लन्च गर्नुभएको नेक्सनले युवा पुस्तालाई लक्षित गरेको थियो । एच् फाइभको लक्षित समूह कुन हो ?

विश्वव्यापी रूपमै देखिएको प्रवृत्ति के हो भने मानिसहरू सेडान तथा हृयाचब्याकबाट टाढा हुँदै छन् र एसयुभीसँग नजिकिँदै छन् । हामीलाई थाहा छ नेपालका धेरै ग्राहकसँग सेडान, हृयाचब्याक तथा साना एसयुभी छन् ।

नेपालमा धेरै सुन्दर ठाउँहरू छन् र मानिसहरू काठमाडौँ बाहिर अन्यत्र घुम्न जान चाहान्छन्, वा कामका सिलसिलामा जानुपर्ने हुन्छ । त्यस सन्दर्भमा एसयुभी किन चाहिन्छ भन्ने बुझ्न सकिन्छ । उच्च ग्राउन्ड क्लियरेन्स तथा बाटोको संरचनाका कारण पनि यो उपयुक्त हुन्छ । हाम्रो बुटस्पेस ठूलो भएका कारण आफ्ना सामग्री राख्न सक्नुहुन्छ ।

हामीले महसुस गर्‍यौँ कि अब नेपाली उपभोक्ता सेडान, हृयाचब्याक तथा साना एसयुभीबाट माथि उठ्नुपर्छ । त्यसका लागि पूर्णतः विश्वास गरिएको विकल्प चाहिन्छ । हामी त्यो विकल्प हौँ ।

नेपालमा एच् फाइभ कारका धनीले आफ्नो सवारीको फोटो खिचेर विदेश रहेका भाइभतिजालाई पठाउनुहोस् र त्यहाँबाट आउने प्रतिक्रियाले थाहा पाउनुहुन्छ कि तपाईँको कार विदेशमा हाल चलिरहेको कारजत्तिकै आधुनिक रहेछ । त्यसपछि ती विदेशमा बसेकालाई पनि किन विदेश बस्नुपर्‍यो त, मातृभूमिमै सबै सुखसुविधा पाइने रहेछ भन्ने महसुस हुन्छ ।

भिडियोमा हेर्नुस् अन्तरवार्ता

एच् फाइभप्रति प्रारम्भिक प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

करिब दुई महिना अगाडि भारतमा एच् फाइभका ग्राहक १० हजार पुगेको अवसरमा एक उत्सव आयोजना गर्‍यौँ । हाल भारतमा हाम्रा ग्राहक १४ हजार पुगिसके । त्यसै अनुसार प्रतिक्रिया आइरहेका छन् ।

नेपालका सन्दर्भमा हाम्रो मूल्य प्रतिस्पर्धात्मक रहेको छ । नेपालमा यसको मूल्य ५६ लाख ५५ हजार रुपैयाँ हो । सुविधाहरू थपिँदै जाँदा मूल्य पनि बढ्दै जान्छ । यो सुरुवाती मूल्य हो र छोटो समयका लागि मात्र यो मूल्यमा उपलब्ध छ ।

तर हामी के सुनिश्चित गर्छौँ भने तपाईँले आज वा नाडा अटो सोको अवधिमा यसको बुकिङ् गर्नुभयो भने हामी दशैँसम्ममा कार उपलब्ध गराउनेछौँ । ढिला नगर्नुहोस्, आजै निर्णय लिनुहोस्, विश्वस्तरीय इन्जिनियरिङ् भएको एच् फाइभलाई रोज्नुहोस् । हामी तपाईँ र तपाईँले माया गर्ने सबैको सुरक्षित यात्राको सुनिश्चितता दिनेछौँ ।

मलाई व्यक्तिगत रूपमै धेरै ग्राहकहरूले चिन्नुहुन्छ, सिधै मसँग कुरा गर्नुहुन्छ । म तपाईँलाई आवश्यक सहयोग गर्न तयार छु र तपाईँलाई ढुक्क बनाउन चाहान्छु कि तपाईँ एक खुसी ग्राहक बननुहुनेछ ।

नेपालमा टाटा अल्ट्रोज भित्राउनेबारे के सोच्नुभएको छ ?

हामी नयाँ पि्रमियम टाटा अल्ट्रोजलाई केही महिनामै नेपाल भित्राउनेछौँ । अर्को वर्ष हामी विभिन्न उत्साहजनक सवारीहरू उपलब्ध गराउनेछौँ । नेपाली ग्राहकका लागि अर्को रोचक जानकारी मसँग छ । केही महिनाभित्रै हामी छिट्टै नयाँ फुल्ली इलेक्टि्रक कार उपलब्ध गराउँदै छौँ ।

त्यसको ब्रान्डिङ कसरी गर्दै हुनुहुन्छ ?

केही समयको सङ्क्रमणकालपछि सबै सवारी साधन विद्युतीय हुनेछन् । चाहे नेपाल होस् वा भारत वा युरोप, ढिलो वा चाँडो त्यो अवश्यम्भावी छ ।

तर अन्तिरिम कालका लागि यो पेट्रोल वा डिजेल सवारीजस्तै एक विकल्पका रूपमा मात्र रहनेछ । त्यसका लागि हामी विद्युतीय सवारी प्रस्तुत गर्नेछौँ । हामी विद्युतीय सवारीप्रति सकारात्मक छौँ र नेपाली उपभोक्ताले पनि विद्युतीय भविष्यका लागि आफूलाई तयार राख्नुपर्छ ।

केही महिना प्रतीक्षा गर्नुहोस् । मसँग तपाईँका लागि रोचक समाचार हुनेछ । त्यसमा तपाईँको प्रतिक्रिया कस्तो हुन्छ भनेर पनि हामी उत्साही छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment