Comments Add Comment

विश्वविद्यालयका कर्मचारीले लिन मानेनन् सेवा आयोगले लिएको अन्तर्वार्ताको फाइल

१२ भदौ, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले प्राध्यापक नियुक्तिका लागि होटलमा अन्तर्वार्ता लिएको फाइल कर्मचारीले बुझ्न अस्वीकार गरेका छन् ।

सेवा आयोगका अध्यक्ष बद्रीनाथ श्रेष्ठले कार्यकाल सकिन तीन दिन बाँकी रहेको अवस्थामा काठमाडौंको होटल लाजिम्पाटमा प्राध्यापक र सह प्राध्यापकको अन्तर्वार्ता परीक्षा सञ्चालन गरेका थिए ।

परीक्षाको फाइल सोमबार विश्वविद्यालयको केन्द्रीय कार्यालय पुगेको थियो । कर्मचारीले फाइल जिम्मा नलिएपछि सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार सोमबार सुरक्षाका लागि राखिदिन भन्दै लाहाछाप लगाएको विश्वविद्यालयको फाइल पुगेको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक बोधहरि आचार्यले होटलमा अन्तर्वार्ता लिएको फाइल आए पनि कर्मचारीले नबुझेको बताए ।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग अध्यक्षबाट विदाइ भइसकेका बद्रीनाथ श्रेष्ठले प्राध्यापक र सहप्राध्यापक नियुक्तिका लागि भदौ २ गते लाजिम्पाट स्थीत होटल एम्बेस्टरमा अन्तर्वार्ता गरेका थिए ।

साउन अन्तिम साता नै विदाइ भएका अध्यक्ष श्रेष्ठले चारवर्षे कार्यकाल सकिन तीनदिन अघि विज्ञको रुपमा प्रा.डा. कमल ढकाल, पृथ्वीविक्रम राई र पुस्कर बज्राचार्यलाई बोलाएर प्रध्यापकका उम्मेदवार प्रा.डा. जीवनकुमार ढकाल र सहप्राध्यापक शैलेन्द्र शिवाकोटीको अन्तर्वार्ता लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment