+
+
Shares

साम्राज्ञी र पुष्पको ‘मारुनी’ देशभर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १३ गते ८:५१

आजबाट एकमात्र नेपाली चलचित्र ‘मारुनी’ रिलिज भएको छ । नवल नेपालको निर्देशनमा पूनम गौतमले बनाएको यो चलचित्र देशभरका अधिकांश हलमा रिलिज भएको छ । चलचित्र ‘मारुनी’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का र नायिका रेविका गुरुङको मुख्य भूमिका छ ।

चलचित्रको गीत संगीत र ट्रेलरले राम्रो हाइप बनाइरहेको समयमा चलचित्रले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । चलचित्र ‘मारुनी’ले त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको छ । पुष्पका लागि साम्राज्ञीको एकहोरो पागलपनलाई चलचित्रमा देखाइएको छ ।
चलचित्रको व्यापार यसको वर्ड अफ माउथमा भर पर्नेछ ।

निर्देशक नवल नेपालले बनाउने चलचित्रले दर्शकको मन छुने भएकाले पनि दर्शकले रुचाउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?