Comments Add Comment

रोनाल्डो र मेस्सीले एकअर्काबारे के भने ?

काठमाडौं । लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ड्र सार्वजनिक समारोहमा निकै हार्दिकतापूर्वक आफ्नो प्रतिद्वन्द्वीताबारे कुराकानी गरेका छन् ।

मेस्सीले बार्सिलोना र रोनाल्डोले रियल मड्रिडको प्रतिनिधित्व गर्दा उनीहरु एक दशकसम्म चिरप्रतिद्वन्द्वी रहे । बालोन डि’ओरमा पनि उनीहरुले नै कब्जा जमाए ।

गत सिजन रोनाल्डो स्पेन छाडेर इटालियन क्लब युभेन्टसतिर लागे भने लगातार दोस्रो वर्ष उत्कृष्ट खेलाडीको दौडमा दुवै पछि परे । गत सिजन रियल मड्रिडका लुका मोडरिच र यो सिजन लिभरपुलका भर्जिल भान डाइकले बाजी गरे ।

मेस्सी भन्छन्, ‘रोनाल्डो ला लिगामा हुनु राम्रो थियो, किनकी उनी रियल मड्रिडमा थिए ।’

रोनाल्डोले पनि मैदानमा चिरप्रतिद्वन्द्वी भएपछि मेस्सी र आफ्नो सम्बन्ध राम्रो भएको बताका छन् । उनले भने, ‘म स्पेनमा खेलेको मिस गर्छु । मेस्सी र मेरो कडा प्रतिस्पर्धा थियो । हामीले एकअर्कालाई अझ राम्रो गर्न सहयोग पनि गर्‍यौं । हाम्रो प्रतिद्वन्द्विता फुटबल इतिहासकै उत्कृष्ट मध्येमा पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment