
माच्छापुच्छ्रे बैंकले जारी गरेको डिबेन्चर (ऋणपत्र) २०८५ को बाँडफाँट गरिएको छ । बंैकले साउन ६ गते बाट बिक्री खुल्ला गरेको रु. ३ अर्ब रुपैयाँ बराबरको डिबेन्चर २०८५ लाई ३० लाख कित्तामा समानुपातिक वितरण गरिएको छ ।
शुक्रबार यसको वितरण गरिएको हो । अब यसलाई छिट्टै नेप्सेमा सूचीकरण गरिने बैंकले जनाएको छ ।
यसमा लगानीकर्ताहरुले उत्साहजनक सहभागिता जनाएका थिए । यो ऋणपत्रको विक्री प्रवन्धक एनएमबि क्यापिटल थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4