Comments Add Comment

शेखरको जवाफ : कसैको दयामायाले यहाँसम्म आएको होइन

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विरासतमा राजनीति गरेको टिप्पणीप्रति चित्त दुखाएका छन् । उनले आफू पनि प्रजातान्त्रिक आन्दोलनमा लडेको र कसैको दयामायाले यहाँसम्म नआएको बताए ।

बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा फरमुल्लाह मन्सुरले कोइरालाप्रति लक्षित गर्दै विरासतमा राजनीति गरेको टिप्पणी गरेका थिए । यसअघि पार्टी सभापति शेरहादुर देउवा स्वयंमले पनि यही आशयको अभिव्यक्ति दिएका थिए ।

शुक्रबारको बैठकमा बोल्दै डा. कोइरालाले आफू र महामन्त्री डा. शशांक कोइराललाई लक्षित गरेर भएको टिप्पणीले आफूलाई दुःखी बनाएको बताएका छन् ।

निरंकुशताबिरुद्ध भएको हरेक आन्दोलनमा आफूहरु अग्रपंतीमा रहेको र पटक पटक प्रहरीको लाठी खाँदै जेल गएको भन्दै उनले भने, ‘हामी सबै आफ्नो कर्मले यहाँसम्म आएका हौं, कसैको दया मायाले होइन ।’

उनले केन्द्रीय समितिका हरेक सदस्य कुुनै न कुनै व्यवसायमा लाग्नुपर्ने र सबै तहका कार्यकर्तालाई आत्मनिर्भर र स्वावलम्बनको बाटोमा हिँडाउनुपर्ने समेत बताए ।

सरकारले झुट बोल्यो

कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले सरकारमाथि झुटको खेती गरिरहेको आरोप लगाए । प्रधानमन्त्री स्वंयमले आर्थिक वृद्धि दर ७.५ प्रतिशत भनेर झुट बोलेको भन्दै उनले भने, ‘वास्तविक आर्थिक वृद्धिदर ६.५ प्रतिशत मात्रै छ ।’

मूल्यवृद्धि आकासिएको, किसानका समस्या विकराल बन्दै गएको, भ्रष्टाचार संस्थागत हुन थालेको र जनताले सुशाशनको अनुभूति गर्न नपाएको भन्दै नेता कोइरालाले भने, ‘तर हामीले सरकारका गलत कुरालाई बाहिर ल्याउन सकिरहेका छैनौं ।’

सरकारले सर्वदलीय बैठक बोलाएर गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशीतामाथि पूर्वराजा र विप्लव समूहबाट खतरा भनेको स्मरण गर्दै उनले उनीहरुबाट भन्दा सरकारमा बसेकाहरुबाछ बढी खतरा भएका धारणा राखे ।

उनले नागरिकताका सवालमा अन्तरिम संविधानको व्यवस्थामा कांग्रेस अडिनसक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment