Comments Add Comment

नाडामा विद्युतीय कारको आकर्षण, कुन-कुन ब्रान्ड चर्चामा ?

१४ भदौ, काठमाडौं । देशभित्र विजुलीको आपूर्ति सहज भएसँगै धेरैलाई विद्युतीय सवारीबारे चासो बढेको छ । यो वर्षको नाडा अटो-शोमा पनि विद्युतीय गाडीका स्टलमा आगन्तुकहरु झुम्मिएका छन् ।

गाडीहरुको यस वाषिर्क मेलामा हुन्डाई, किया, बीवाईडी र पिगोलगायतका ब्रान्डले विद्युतीय कार विक्रीमा राखेका छन् । गत वर्षहरुभन्दा यो वर्ष यस्ता गाडीको प्रतिस्पर्धा बढेको विक्रेताहरु बताउँछन् ।

अहिलेसम्म नेपालमा विद्युतीय कारप्रति सर्वसाधारण विश्वस्त हुन सकेका थिएनन् । मूल्य केही महंगो हुने, चार्ज गर्न समय लाग्ने लगायतका कारणले विद्युतीय सवारीमा आकर्षण ठूलो दरमा बढ्न सकेको छैन । तर, अब अटो बजारका मुख्य खेलाडीले नै विद्युतीय सवारीमा आक्रमक हुने ढंगले बजारमा छिट्टै आउने विद्युतीय सवारीसाधनलाई मेलामा विशेष महत्वका साथ सजाएका छन् ।

नेपालमा हालसम्म राजमार्ग र शहरभित्र चार्जिङ स्टेसन लगायतका पूर्वाधार तयार भएका छैनन् । तर, पनि विस्तारै विद्युतीय कारको प्रयोग भने बढिरहेको छ । सरकारले भन्सार नलिने व्यवस्था गरेकाले यसको मूल्य अपेक्षितभन्दा कम छ । तर, विद्युतीय कार अहिले पनि त्यस्तै डिजाइनका डिजेल पेट्रोलबाट चल्ने कारभन्दा निकै महंगो पर्छ । मूल्यका कारण पनि ग्राहकलाई आश्वास्त पार्न विक्रेताहरुलाई सहज छैन ।

हुन्डाई र कियाले पनि विद्युतीय कारसहित नेपाल प्रवेश गर्दा बजारमा विद्युतीय सवारीमा उपभोक्ताको आकर्षण झनै तानिने छ । जति विद्युतीय कारको संख्या बढ्दै जानेछ, त्यति नै सरकारमाथि चार्जिङ स्टेसन लगायतका पूर्वाधार तयार गर्न दबाव पर्ने बताउँछन् अटो व्यवसायी सहृद घिमिरे ।

विद्युतीय कारहरुको सञ्चालन खर्च पनि अत्यन्तै कम रहेको घिमिरे बताउँछन् । उनकाअनुसार तेलबाट चल्ने कारजस्तै यसलाई तालिकाअनुसार सर्भिसिङ गरिरहनु पर्दैन । सबैभन्दा राम्रो पक्ष यो गाडी हत्तपत्त बिगि्रँदैन ।

त्यसैले सामान्य आम्दानी भएका मध्यमवर्गीय परिवारलाई पनि यो गाडी उपयुक्त हुन्छ । सञ्चालन लागत निकै न्यून रहेको हुँदा मध्यमवर्गीय परिवारलाई उपयुक्त मानिन्छ । नयाँ अत्याधुनिक प्रविधि जडान गरिएको हुँदा युवाहरु पनि यो कारप्रति लोभिने देखिन्छ ।

यसमा न पेट्रोल र डिजेलको जस्तो महंगो संचालन खर्च, न त नियमित मर्मत सम्भारको झन्झट नै हुन्छ । त्यसैले विद्युतीय कार नेपालमा छिट्टै लोकपि्रय हुने विश्वास विद्युतीय कार उत्पादक तथा वितरक कम्पनीले लिएका छन् । आरामदायी विद्युतीय कारहरु वातावरणमैत्री पनि छन् ।

नेपालमा रहेको जलविद्युत उत्पादनको सम्भाब्यता र त्यसका लागि भइरहेको कामलाई हेर्दा विद्युतीय सवारीमा नेपालको भविष्य राम्रो रहेको बताउँछन् व्यवसायीहरु । राम्रो पूर्वाधर बनाउन सरकारले काम गर्ने हो भने तेल आयात गरेर भइरहेको ठूलो ब्यापार घाटालाई न्युनीकरण गर्न सकिने उनीहरुको विश्वास छ । यो वर्ष नाडामा कस्ता विद्युतीय कारहरु देखिए त ? जान्नुस्

आयोनिक

हुन्डाईले गत वर्ष नै नाडामा ‘आयोनिक’ भित्र्याएको थियो । आयोनिक पछिल्लो समयमा विश्वबजारमा रुचाइएको कार हो । यो सेडानमा एयरब्यागसहित फरवार्ड कोलिजन वार्निङ, लेन किप असिष्ट, एबीएस, स्ट्याबिलिटी कन्ट्रोल, ब्लाइन्ड स्पट डिटेक्सन सिष्टम, लेन डिपार्चर लगायतका सुरक्षात्मक फचिर्स छन् ।

यसमा भएको इलेक्टि्रक मोटरले ८८ किलोवाट पावर र २ सय ९५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ७ इन्च टिएफटी इन्स्टुमेन्टल क्लस्टरसहित एन्ड्रोइड अटो, एप्पल कार प्ले, वायरलेस चार्जर, फुल लेदर सिट लगायतका विशेषता पनि छन् । लुक्स पनि दमदार छ । यसको पर्फरमेन्स पनि उत्कृष्ट रहेको कम्पनीको दावी छ ।

एकपटक फुल चार्ज गरेपछि २ सय २० देखि २ सय ५० किलोमिटर गुड्न यो कार सक्षम छ । कार १ सय ६५ किलोमिटर प्रतिघन्टाका दरले दौडन सक्छ । नेपाली बजारमा यसको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

कोना

हुन्डाईले नेपालमा विद्युतीय कार ‘कोना’ पनि विक्री गरिरहेको छ । पूर्ण इलेक्टि्रक सवकम्प्याक्ट एसयूभी ‘कोना इभी’ले १३५ किलोवाट पावर र ३ सय ९५ एनएम टर्क जेनेरेट गर्छ ।

१ सय ५५ किलोमिटर प्रतिघण्टा रफ्तार रहेको यो गाडी सिंगल चार्जमा ३ सय किलोमिटर भन्दा धेरै गुड्ने कम्पनीको दावी छ । सुरक्षाको लागि हुन्डाइले विशेष ध्यान दिएको देखिन्छ । यसमा ३९.२ किलोवाट आवरको पोलिमर ब्याट्री प्याक छ ।

कम्पनीका अनुसार यसमा इलेक्ट्रो क्रोम्याटिक मिरर, रिजर्भ पार्किङ सेन्सर विथ क्यामरा, इलेक्टि्रक पार्कङ ब्रेक विथ अटो होल्ड, ६ वटा एयर ब्याग, इमोविलाइजर, रेयर डिफोगर विथ टाइमर, डे टाइम रनिङ लाइट, एण्टी लक ब्रेकिङ सिस्टम, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्टिविलिटी कन्ट्रोल लगायतका फिचर्स समावेश छन् ।

यसको एक्टिरियर आकर्षक छ । यसमा टु टोन बडी कलर, एलइडी पोजिसिनिङ ल्याम्प, एलईडी ल्याम्प (फ्रन्ट, रेयर), एलइडी हेडल्याम्प विथ स्ट्टिक बेन्डिङ, रुफ र्याक, रेयर स्पोयलर विथ हाई माउन्ट स्टप ल्याम्प इलेक्टि्रकल्ली एड्जस्टेवल र फोल्डेवल बाहिरी ऐना, १७ इन्च अलोए हृविल लगायत फिचर रहेको कम्पनीको भनाइ छ ।

यसमा ७ इन्चको फल्लोटिङ टच स्कि्रन इन्फोटेन्मेन्ट सिस्टम, पावर सिट, वायरलेस चार्जर, युएसबी चावर्जर, स्मार्ट फोन कनेक्टीभिटी, अटो लाइट कन्ट्रोल, स्मार्ट कि र पुस् बटन स्टार्ट, हिल असिस्ट कन्ट्रोल लगायतको फिचर्स छन् ।

यसको मूल्य ५५ लाख ९६ हजारदेखि ६५ लाख ९६ हजारसम्म छ ।

सोल

नेपालमा अहिले पनि चल्तीमा रहेको अर्को विद्युतीय गाडी हो, कियाको सोल इभी । यो गाडी नाडा अटो शोमा पनि विशेष आकर्षणका रुपमा रहनेछ ।

कोरियाली अटो कम्पनी कियाको नेपालको लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले विद्युतीय कार ‘सोल इभी’ बिक्री वितरण गर्दै आइरहेको छ ।

सोल इभीमा हर्स पावर ८१ केडव्लु  १०९ एच पी रहेको छ भने २८५ एन एमको टर्क रहेको छ । प्रतिघण्टा १४५ किमी कुदाउन सकिने सोमा ६.६ को अनबोर्ड चार्जर छ । यसमा १० एएमपीको पोर्टेवल चार्जर पनि राखिएको छ ।

उच्च प्रविधि जडान भएको सोल इभीको ब्याट्री शक्तिशाली रहेको र एक पटक पूरा चार्जमा १ सय ८० किलोमिटर गुड्ने कम्पनीले जनाएको छ ।

यो कारमा २७ केडव्ल्युएच लिथियम आयान पोलिमर ब्याट्री छ, जसको पावर ९० किलोवाट छ । धेरै कुद्ने भए पनि यसको व्याट्री चार्ज गर्न चार्ज स्टेसनको डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३३ मिनेट, एसी फास्ट चार्जरबाट ४ घण्टा लाग्नेछ ।

कार किन्दा ग्राहकलाई दिइने एसिलो चार्जरबाट मौसम अनुसार १५ देखि १८ घण्टा लाग्ने कम्पनीले जनाएको छ । यसको ब्याट्रीमा सात वर्षको ग्यारेन्टी दिइएको छ । यात्रु तथा चालकको सुरक्षाका लागि यसमा एयरब्याग समावेस छ । यो कारमा गियरको झन्झट हुदैन ।

यसको मूल्य ५६ लाख देखि ५८ लाखसम्म छ ।

निरो

यो वर्ष नाडा अटो शेमा धेरैले रुचाएको विद्युतीय कार कियाको ‘निरो’ पनि हो । पुर चार्ज हुँदा चार सय ५५ किमिसम्म गुड्ने यो कारको क्षमता हो ।

स्टाइल, सुरक्षा, पर्फर्मेन्स र लुक्सको प्ष्बाट यो यो उत्कृष्ट छ । यसमा ६४ किलोवाट क्षमताको ब्याट्री छ । १५० किलोवाटको इलेक्टि्रक मोटर छ । यसले २०१ बिएचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ ।

निरोले ७.८ सेकेन्डमा ०-१०० को गति समात्न सक्ने कम्पनीले दावी गरेको छ । यसले एक सय ६७ किमि प्रतिघन्टाको अधिकतम् गति पक्रिन सक्छ ।

यो कारको ब्याट्री चार्ज हुँदा करिब ५० युनिट विजुली खपत हुन्छ । यसको मूल्य सरदरमा साढे ६ सय हो । गाडीमा ५ जनाले आमसँग यात्रा गर्न सक्छन् । चार सय ५१ लिटरको बुट स्पेश भएको यो गाडीमा आधुनिक गाडीमा हुने सबै खालका फिचर्सहरु छन् । यो सुरक्षाका मामिलामा पनि सबल छ, यसमा ७ वटा एयरब्याग छन् । अघि पछि डिस्क ब्रेक छ ।

६ आकर्षक कलरमा उपलब्ध यो कारको मूल्य ६६ लाख ९० हजार छ ।

बीवाईडी

नाडामा बीवाईडीले पनि आफ्ना विद्युतीय काहररु प्रदर्शनीमा राखेको छ ।

बीवाईडीको लागि नेपालको आधिकारिक विक्रेता साइमेक्स इन्कले ३ ओटा विद्युतीय गाडी प्रदर्शनी राखेको छ ।  कम्पनीले बीवाईडी ई ६, बीवाईडी एम ३ (७ सिटे) र बीवाईडी एम ३ (५ सिटे)  बिक गरिरहेको छ ।

बीवाईडी ई ६को मूल्य ६५ लाख छ । बीवाईडी एम ३ (७सिटे) को मूल्य ४७.५० लाख छ । यस्तै बीवाईडी एम ३ (५सिटे)को ४६ लाख ५० हजार छ । यी गाडीहरु पनि विभिन्न फिचर्ससहितआएका छन् ।

पिगो

पिगोले पनि यो पटक नाडा अटो शोमा विद्युतीय सवारी ल्यायो । पिगोको नेपालको लागि आधिकारिक विक्रेता सांगि्रला मोटर्सले पार्टनर टेपी इलेक्टि्रक गाडी ल्याएको छ । यो ५० लाखमा किन्न पाइने छ ।

यसले ४९ किलोवाट पावर उत्पादन गर्छ ।  २२.५ किलोवाट आवरको व्याट्री क्षमता छ । यसलाई पुरा चार्ज गर्न साढे ८ घण्टा समय लाग्छ । एकपटक पुरा जार्ज गरेपछि १ सय १० किलोमिटर गुड्न सक्छ ।

दि गो

दि गोले पनि विद्युतीय गाडी नाडामा राखेको छ । फ्युचर गि्रन इनर्जीले दुई विद्युतीय गाडी प्रदर्शनीमा राखेको छ । दि गोका ‘ई ८’ र ‘ईएम३’ बजारमा ल्याइएको छ । ५ सिट क्षमताको ‘इ ८’ मा ७.५ किलोवार्टको मोटर जाडिएको छ । ‘इ ८’को मोटरले १५ किलोवाट पावर र १८० एनएम टर्क उत्पादन गर्छ ।

यो गाडीकाे ब्याट्री चार्ज हुन ५ देखि ६ घण्टा लाग्छ । यो कार ६० देखि ७० किलोमिटर प्रतिघण्टाको दरले गुड्न सक्छ ।

‘इएम३’ मा २२.१ किलोवाट आवरको ब्याट्री छ । यसले ४० किलोवाटको पावर उत्पादन गर्छ । यो कार ११० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment