Comments Add Comment

आबुधाबीमा कथा सयौं पुतली र गजल संग्रह समीरको लोकार्पण

 युएई । आबुधाबीमा एक कार्यक्रमका बीच दुईवटा कृतिको लोकार्पण गरिएको छ । सिर्जना वाचन डबली युएईको १८ औँ श्रृंखलाको अवसरमा शुक्रबार उमा सुवेदीको कथा संग्रह ’सयौं पुतली’ र प्रकृति प्रेमीको गजल संग्रह ’समीर’ युएईमा लोकार्पण गरिएको हो ।

नेपालबाट आएका नारी स्रष्टा सरु सुवेदी, उमा सुवेदी, रन्जना निरौला, द्वारिका कुइँकेल, सुजाता पण्डित, श्रद्धा कुइँकेल ,मनकामना अधिकारी र वाचल डबलीका संरक्षक टक गुरुङको उपस्थितिमा लोकार्पण गरिएको थियो ।

’सयौं पुतली’को चर्चा गदै स्रष्टा रन्जना निरौलाले नारीका मुद्धामा केन्द्रित रहेर लेख्ने सुबेदीका संग्रहमा आफ्ना भोगाइमार्फत समाजको यर्थाथपरक विषयलाई उठान गरेको धारणा राखिन् ।

कार्यक्रममा तुलसादेवी हरीहर फाउण्डेसनकी संस्थापक सरु सुबेदीले परदेशमा श्रम गरिहेका महिलाहरुका भोगाई साहित्यमार्फत उजागर गर्नुपर्ने बताइन् । फाउण्डेसनले अक्षयकोषबाट हरेक दुईवर्षमा एकजना स्रष्टालाई सम्मान गर्ने र उक्त अभियानको सुरुआत युएईबाट भएको जानकारी दिइन् ।

कवितामार्फत निर्मला पन्तका हत्यारा कारबाही गर्न माग

कार्यक्रममा नेपालबाट सहभागी भएका र युएईमा कार्यरत स्रष्टाहरुले आफ्ना रचना बाचन गरेका थिए । आरोही मादेनले आफ्नो कवितामार्फत देशको वर्तमान अवस्था र निर्माला पन्तले न्याय नपाएको विषयको उठान गरिन् ।

यस्तै डिजी शर्माले कवितामार्फत नै ‘नमिलेको हिसाब र प्रेम’को खोजी गरे । जे सागरले आफ्नो कवितामा परदेशका अग्ला भवन र नेपालीको अवस्थाको चित्रण गरे । यस्तै शाश्वत गोबिन्द ढुङ्गाना, शिशिर दूरबस्ती, इन्धन डिबी भण्डारी, भवानी नेपाल, डिल्ली घिमिरे, राजयात्री लम्साल लगायतले आफ्ना रचना वाचन गरे ।

सिर्जना वाचन डबली युएईमा हरेक दुई महिनामा सर्जकहरु भेला भइ आफ्ना रचना वाचन गर्ने गरेका छन् । डबलीले नेपालबाट अग्रज साहित्य सर्जकलाई यहाँ ल्याएर कार्यक्रम गदै आएको डबलीका संयोजक जे सागरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment