+
+

इन्जिनमा चराको प्वाँख देखिएपछि कतार एयरको जहाज ग्राउण्डेड

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १५ गते १४:४८

१५ भदौ, काठमाडौं । कतारबाट काठमाडौं आएको कतार एयरको जहाजमा चराको प्वाँख देखिएपछि जहाज ग्राउण्डेड गरिएको छ ।

आइतबार बिहान ९ बजेतिर जहाज अवतरण भई पार्किङ लगेर राखिसकेपछि दायाँ तर्फको इन्जिनमा चराको प्वाँख देखिएको विमानस्थलका एक अधिकारीले जानकारी दिए ।

त्यसपछि पाइलटले यो जहाजलाई उडाउने जोखिम लिन मानेनन् । त्यसपछि कतारबाटै इन्जिनियर मगाइएको छ । उनीहरु अपरान्ह तीन बजे काठमाडौं आइपुग्ने बताइएको छ । इन्जिनियरले जाँचबुझ गरिसकेपछि मात्र जहाज उडाउने योजना रहेको विमानस्थल स्रोतले बताएको छ ।

‘चरा नै ठोक्किएको पनि देखिदैन, तर दायाँ इन्जिनमा केही प्वाँख देखिएका छन्,’ स्रोतले भन्यो, त्यसकारण जहाज उडाउन सकिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?