+
+
Shares

आइएमइको दशैं अफर,पठाएको रकमको आठ गुणासम्म जित्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १६ गते १८:३५

रेमिट्यान्स कम्पनी आइएमइले दशै अफर ल्याएको छ। कम्पनीले डबलको डबलको डबल अफर सार्वजनिक गरेको हो। भदौ १५ गतेदेखि कात्तिक मसान्तसम्म लागू हुने अफरमा विभिन्न लाभको अवसर पाउने कम्पनीले जानकारी दिएको छ।

हरेक दिन आइएमई पे मार्फत् पैसा पठाउनेले आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई जनाले पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जनाले पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एकजनाले पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप पाउनसक्नेछन्।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हरेक बर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने स्कीममा आमसेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको बताउँदै यस वर्ष त्यो सहभागिता झनै बढ्ने विश्वास व्यक्त गरे।

अफर अवधिमा विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत हुनेछ । योजना अवधिमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सवै सहभागी बन्ने छन्।

आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन्।

आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम दिन सकिने कम्पनीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?