Comments Add Comment

५ अर्बको सवारी बुक गर्दै सकियो नाडा अटो शो

१५ भदौ, काठमाडौं । यो वर्षको नाडा अटो-शो आइतबार सकिएको छ । भृकुटीमण्डपमा भव्यतापूर्वक सकिएको शोमा झण्डै ८१ हजारले अवलोकन गरेका छन् ।

गतवर्ष भन्दा यो वर्ष कारोबार बढेको व्यवसायीको भनाइ छ । यो वर्ष ५ सय करोड बराबरको सवारी बुकिङ नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले बताए । मेलामा एउटैको ७२ लाख मूल्य पर्ने बाइक समेत बुक भएको उनले जानकारी दिए ।

मेलमा दुइपांग्रेतर्फ केटिएम मोटरसाइकलको स्टल उत्कृष्ट ठहरियो भने चारपांग्रेतर्फ टोयोटाको स्टल उत्कृष्ट घोषित भयो । त्यस्तै स्पेयर पार्टस्तर्फ टोटल ल्युब उत्कृष्ट स्टल छानियो ।

५ दिनसम्म चलेको मेाल निकै भव्य रुपमा सम्पन्न भएको उपाध्यक्ष दुलालले बताए ।

प्रदर्शनीमा ठूला तथा साना गरी करिव १६० वटा स्टल र ब्लकहरु थिए । मेलामा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुबि्रकेन्ट, टायर, पार्ट-पुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत थियो ।

प्रदर्शनीमा २३ वटा ब्राण्डका चार पाङग्रे, १९ वटा ब्राण्डका दुई पाङग्रे, १२ वटा ब्राण्डका लुबि्रकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा पार्ट-पुर्जा एवम् ग्यारेज उपकरण कम्पनी तथा ११ वटा वित्तीय संस्थाहरुको सहभागिता थियो ।

प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २ पाङग्रे, ४ पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुको छुट्टा-छुट्टै प्रदर्शन गरिएको थियो । यस पटकको नाडा अटो शोमा अटो कम्पोनेन्टका स्टलहरु तथा फुडस्टलहरु बगैंचामा राखिएको थियो ।

बिगतका नाडा अटो शोमा पार्किङ स्थलको चरम अभाव भएता पनि यो वर्ष प्रर्दशनी अवलोकन गर्न आउने दर्शकका लागी सकेसम्म पर्याप्त पार्किङको व्यवस्था गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment