+
+
Shares

भक्तपुरमा सवारी साधनका ब्याट्री चोर्ने गिरोह समातियो

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १५ गते २१:५३

१५ भदौ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, भक्तपुरले सवारी साधनको ब्याट्री चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीका मनोज सापकोटा, दोलखाका विमल श्रेष्ठ, भारतको मोतिहारीका चन्दन कुमार र मुझफरपुरका सुरेन्द्र चौधरी छन् ।

भक्तपुरका प्रहरी प्रमुख एसपी सविन प्रधानका अनुसार विगत केही महिनादेखि भक्तपुरको वडा एरियामा पार्किङ गरेर राखिएका गाडीका ब्याट्री चोरी हुने क्रम बढेपछि निगरानी बढाइएको थियो । त्यसक्रममा निगरानी पश्चात यो गिरोह समातिएको उनले अनलाइनखबरलाई बताए ।

प्रधानका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट १ सय ८४ थान ब्याट्री समेत बरामद भएको छ ।

प्रहरकिा अनुसार पक्राउ परेकाहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसूरमा भक्तपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?