Comments Add Comment

बसको ठक्करबाट मोरङमा ज्येष्ठ नागरिकको मृत्यु

१६ भदौ, काठमाडौं । मोरङमा बसको ठक्करबाट सोमबार विहान एकजना जेष्ठ नागरिकको मृत्यु भएको छ ।

विहान साढे ७ बजेतिर ना२ख ५२२७ नम्बरको बसको ठक्करबाट इलाम चुलाचुली गाउँपालिका-६ की ८० वर्षीया नन्दकुमारी राईको मृत्यु भएको हो ।

बसबाट ओर्लिएर बाटो काट्ने क्रममा मिक्लाजुङ गाउँपालिका-७ मधुमल्लामा सोही बसले राईलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी राईको उपचारका क्रममा साढे ८ बजे  उर्लाबारीस्थित अरनीको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment