+
+
Shares

३० लाखमा बनाएको सडक एक महिनामै भत्कियो

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १६ गते १४:१७

१६ भदौ, रौतहट । माधवनारायण नगरपालिका ६ मा सडक निर्माण गरेको एक महिनामै भत्किएको छ । गुणस्तरहीन र कमसल सामग्री प्रयोग गरेर निर्माण गरिएकोले सो सडक भत्किएको स्थानीयले बताएका छन् ।

माधवनारायण नगरपालिकाले ३० लाख रुपैयाँको लगानीमा निर्माण गर्न लगाएको दुई वटा साना पुल र पुल जोड्ने सडकमा कमिसनको कारणले गुणस्तरहीन काम भएको स्थानीयले बताएका छन् । ३० लाख रुपैयाँको काम एक महिना पनि नटिकेको भन्दै उनीहरुले जनप्रतिनिधि तथा निर्माण गर्ने उपभोक्ता समितिलाई कारवाही गर्न माग गरेका छन् ।

माधवनारायण नगरपालिकाका प्रमुख र उपप्रमुख दुवैले आफ्नो भागमा राखेको सो योजनाको काम सम्पन्न गर्न उपभोक्ता समितिको बनाइएको थियो । विनियोजन गरिएको रकम भन्दा कयौं गुणा सस्तोमा सम्पन्न हुने सो योजनाका लागि नगरप्रमुख र उपप्रमुख दुवैले कमिसन लिएको स्थानीय महेन्द्र मुखिया बिनको आरोप छ ।

पुल निर्माण भएको सो स्थानमा पानीको बहाव तिव्र हुने भएकोले पानी निकासका लागि राखिएका ह्युम पाइपहरुको संख्या बढाउनुपर्नेमा दुई वटामात्रै ह्युम पाइप राखिएको, बाटोका लागि पुरिएको माटोलाई कम्पेक्सन नगरेरै सोही माथि कमसल ढलान गरेका कारण सडक भत्किएर पुल प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको स्थानीय बताउँछन् ।

फलामे डण्डी प्रयोग गरेर, बालुवा र सिमेन्टको अनुपात मिलाएर ढलान गर्नुपर्ने भए पनि निर्माण समितिको चरम लापरवाहीका कारण लाखौं रुपैया खेर गएको छ । असार मसान्तमा बनेको सो पुल र सडक कामै नलाग्ने अवस्थामा पुग्नुले पनि सरकारी रकमको दुरुपयोग भएको देखिन्छ । नरपालिककाकै मिलेमतो र कमिसनको कारणले निर्माण कार्य गुणस्तरहीन भएको स्थानीय अजय चौधरीले बताए ।

सडक क्षतिग्रस्त भएको विषयमा नगरपालिकाले भने वर्षा र बाढीलाई दोष देखाएको छ । माधवनारायण नगरपालिकाका प्रमुख वीरेन्द्र राय यादवले बाढीको पानीका कारण सडक भत्किएको बताएका छन् ।

सो योजनाको लागि नगरपालिकाले ३० लाख रुपैयाँ छुट्टयाएको भए पनि १२ लाख मात्र हालसम्म भुक्तानी दिएको उनले बताएका छन । नयाँ भरिएको माटोमा ढलान गरिएको सो सडक पानीका कारण भत्किएको उनको तर्क छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?