+
+
Shares

नवलपरासीमा खोलामा डुबेर युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १६ गते १५:१५

१६ भदौ, नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा खोलामा डुबेर एकजना युवकको मृत्यु भएको छ ।

तिरुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका वडानम्बर ४ का २० वर्षीय शैलेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।

यादव पौडी खेल्ने क्रममा आइतबार वेपत्ता भएका थिए । उनको शव सोमबार हात्तीवनस्थित तुरिया खोलामा भेटिएको डीएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?