+
+
WC Series
Won Nepal
147/9 (20)
VS
Nepal won by 5 runs
Qatar
142/10 (20)
Shares

श्याम परदेशीको कर्तुत : महिला ऋणीमाथि गिद्धे नजर

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १६ गते १६:२७

१६ भदौ, सर्लाही । मिटर ब्याजमा ऋण लगाएर उठीबास पार्ने श्यामकृष्ण साह ‘परदेशी’ समातिएपछि पीडितहरुले खुशी व्यक्त गरेका छन् । उनले एक लाख ऋण दिएर चार लाखको तमसुक गराउने, ऋण चुक्ता गर्दा पनि तमसुक नदिई अदालतमा मुद्दा चलाएर पक्राउ पूर्जी जारी गराउने गरेका थिए ।

साहको चर्काे व्याजबाट सर्वस्व भएका पीडितहरु ऋण चुक्ता गर्दासमेत इज्जत गुमाउने खतरा र खानेकुरा पठाउनैपर्ने बाध्यता रहेको सुनाउँछन् । उनीहरुका अनुसार, अप्ठ्यारो परेको बेला साह ऋण दिन तुरुन्त तयार हुन्थे, तर तरिका अप्ठ्यारो अपनाउँथे ।

जेठो छोरा परवेजलाई वैदेशिक रोजगारीमा पठाउन रिण लिएकी लालबन्दी नगरपालिका– २ कि फतमा खातुनले २०७२ मंसिरमा ऋण माग्न जाँदा साहले तुरुन्त एकलाखको तमसुक लेखेर औंठा छाप गराएको बताइन् । ‘पैसा चाहिँ माघमा मात्र दिए’, उनले भनिन्, ‘त्यो पनि २४ हजार व्याज पहिल्यै काटेर ७६ हजार मात्र ।’

थोरै पैसालाई धेरै उल्लेख गरेर तमसुक बनाउने गरेका साहले महिला गए ऋण दिने परिवारका पुरुष गए नदिने ‘नीति’ लिएका थिए । साहको मिटर व्याजमा परेकीमध्येकी एक रुक्मिणी चौधरी भन्छिन्, ‘पुरुष जाँदा तमसुक बनाए पनि रकम महिलाको हातमा मात्र दिन्थे ।’

मंसिरमा तमसुक बनाएर माघमा रकम लिन बोलाएपछि खातुनले छोरालाई पठाएकी थिइन्, तर साहले दिएनन् । फेरि फोन गरेर बोलाएपछि आफैं गएको उनी बताउँछिन् । ‘पैसाको ज्यादै खाँचो थियो, गएँ । तर, ७६ हजार रुपैयाँ दिएपछि बलजफ्ती गर्न खोज्यो’ त्यसबेलाको घट्ना सम्झिँदै उनी भन्छिन्, ‘मेरो कपडा च्यातियो । जसोतसो धकेलेर उसको घरबाट उम्किएँ ।’

लालबन्दी– ७ किसावित्री कापरमाथि पनि साहले कुदृष्टि राखेका थिए । पटक–पटक फोन गरेर अश्लील कुरा गर्न थालेपछि आफूले त्यो नम्बरको सिम कार्ड नै फ्याँक्नुपरेको उनले बताइन् । उनी भन्छिन्, ‘सिम फ्याँँकेपछि पनि उनले मोवाइल बोेक्न दुई–तीन पटक खबर पठाएका थिए ।’

स्थानीय कमल बुढाथोकी सुदखोरीलाई पेशा बनाएका साहले आर्थिक समस्यामा परेका निरक्षर महिलाहरुमाथि गलत नजर राख्ने, ती महिलाबारे भद्दा कुरा गर्ने गरेको बताउँछन् । ‘सामाजिक अवगालका डरले मुख नखोलेका मात्र हुन्’, उनी भन्छन्, ‘साहले पैसा लिन बोलाएर धेरैलाई दुर्व्यवहार गरेका छन् ।’

साहले ऋणी महिला पैसा लिन आउँदा उनले हाँस, कुखुरा, परेवा जे पालेकी छन् वा तरकारी के लगाएकी छन्, त्यो अनिवार्य रुपमा कोसेली लिएर आउने ‘थिति’ बसालेका थिए । रुक्मिणी चौधरी भन्छिन्, ‘उसलाई वरिपरिका गाउँमा कसले के पालेको छ, सब कुरा थाहा हुन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?