Comments Add Comment

‘पाप’ पखाल्न सप्तऋषिको पूजा !

१७ भदौ, काठमाडौं । आज ऋषिपञ्चमी पर्व, सप्तऋषिको पूजा गरी मनाइँदै छ । तीजका व्रतालुहरुले भोलिपल्ट सप्तऋषिको पूरा गरी व्रत समाप्त गर्दछन् । ऋषिपञ्चमीको पूजा नगरे तीजको व्रत अपुरो हुने धार्मिक विश्वास छ ।

व्रतालुहरु बिहानै माटो, तिल र अमलाको पिनाले स्नान गरी, एक वर्षको प्रतीककारुपमा ३६५ वटा दतिवनले दाँत माझी, चोखो वस्त्र लगाउँछन् । त्यसपछि मध्याह्न्नमा अरुन्धतीसहित सप्तऋषिहरु कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा गर्दछन् ।

कतिपयले घरमै परिवारका सदस्य र छिमेकीहरु भेला भई पुरोहित बोलाएर सामूहिक पूजा गर्दछन् । कतिपयले भने ऋषिको मन्दिरमा गएर पूजा गर्दछन् । यसै अवसरमा काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेवको मन्दिरमा आज पूजा गर्नेको घुइँचो लागेको छ ।

सप्तऋषिको पूजा गरिसकेपछि भजनकिर्तन गर्दै नाच्ने चलन पनि छ । ऋषिपञ्चमीमा सप्तऋषिको पूजा गरेमा जानीजानी गरेको वा अन्जानबस गरेको ‘पाप’ सबै नष्ट हुने धार्मिक विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment