Comments Add Comment

टाइगरकी दिदीको दाबी–‘दिशासँग टाइगरको प्रेम छैन’

पछिल्लो समय बलिउडमा नायक टाइगर श्राफ र नायिका दिशा पटानीको नाम जोडिन्छ । उनीहरु प्रेममा रहेको खबर आइरहेको हुन्छ । एकसाथ चलचित्र हेर्न हलसम्म पुग्नेदेखि सार्वजनिक कार्यक्रममा देखिनु, उनीहरुका लागि नौलो कुरा होइन । यसैले पनि उनीहरु गहिरो प्रेममा रहेको चर्चा चलिरहेको हुन्छ ।

यस्तैमा, नायक टाइगरकी दिदी कृष्णा श्राफले टाइगर सिंगल भएको बताएकी छिन् । उनले टाइगरले आफूसँग कुनै पनि कुरा नलुकाउने बताउँदै उनी सिंगल भएको दाबी गरिन् । दिशासँगको प्रेम चर्चा झुटो भएको उनको दाबी छ ।

कृष्णाले दिशालाई आदित्य रोय कपुरसँग जोडिदिएकी छिन् । उनले भनेकी छिन्–‘मलाई त दिशा र आदित्य कपुरको जोडी मनपर्छ । उनीहरु सँगै भएको हेर्ने मन छ ।’

तर, दिशा भने टाइगरसँग फिदा छिन् । टाइगरलाई आफूतिर आकर्षित गर्न आफूले धेरै मिहिनेत गरेको उनले बताउँदै आएकी छिन् । मिडियामा नै उनले टाइगरको लागि चलचित्र भारतमा स्टन्ट पनि गरेको बताएकी थिइन् । उता टाइगर भने आफ्नो दिशासँग डेट गर्ने औकात नभएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment