
१७ भदौ, गुल्मी । अर्घाखाँचीको छत्रदेवमा अज्ञात समूहले वडा अध्यक्षको मोटरसाइकलमा आगजनी गरिदिएको छ ।
छत्रदेव गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष शोभाकर पाण्डेको लु.१ ब. १६८८ नम्बरको मोटरसाइकल आगजनी भएको अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।
घर नजिकै पार्किङ्ग गरेर राखेको अवस्थामा विष्टको मोटरसाइकलमा सोमबारराति आगजनी भएको उनले बताए । आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ ।
मोटरसाइकल आगजनी गर्ने समूहको खोजी कार्य भइरहेको विष्टले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4