Comments Add Comment

कैलालीमा आमाछोरीमाथि बलात्कार प्रयास

१७ भदौ, कैलाली । कैलालीको धुर्जन्नामा सोमबार राति आमा छोरीमाथि बलात्कारको प्रयास भएको छ । गाउँमा तीजकोसाँस्कृतिक कार्यक्रम हेरेर घर फर्की सुत्ने तयारीमा रहेका आमा छोरीलाई मुख छोपेर आएका दुई जनाले बलात्कारको प्रयास गरेका पीडितले बताएका छन् ।

‘हामी आमाछोरी अलग–अलग कोठामा सुत्ने गरेका थियौ । तर राति घरमा केही आवाज आएपछि छोरी डराएर मसंग संगै सुत्न आई, त्यही बेला नजिकै कोही उभिएको जस्तो लागेर छोरीले मोबाइलको लाइट बालेर हेर्दा कट्टुमात्रै लगाएका र मुख छोपेका दुईजना देखेपछि हामी आत्तियौं । केही बोल्नुअघि नै एउटाले मेरो र अर्कोले छोरीको मुख छोपे’ पीडित आमाले भनिन् ।

हारगुहार गरेर छिमेकी बोलाएपछि उनीहरु भागेका उनीहरुले बताएका छन् । उनीहरुका अनुसार मख थुनेर एक जनाले छोरीलाई घर बाहिर लगेको थियो । प्रतिकार गरेपछि उसले नालीमा फालिदिएको पीडित युवतीले बताएकी छन् । ‘मलाई उसले हिलो भएको नालीमा लडायो मैले मरेको जस्तो नाटक गरेँ, उसले मेरो पेटमा छाम्यो मैले सास रोकेर राखे अनि मर्‍यो भनेर छाडेर गएको हुनुपर्छ’ उनले भनिन् ।

हाल आमा छोरीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकले प्रारम्भिक चेकजाँचमा बलात्कार नदेखिएको बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले घटनामा संलग्नहरुको सोमबार रातिदेखि नै खोजी भइरहेको बताएका छन् । उनले घटनामा संलग्न जोसुकै भए पनि छिट्टै पक्राउ पर्ने दावी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment