+
+
Shares

वीरगञ्जमा गोली हानेर एकजना पक्राउ, पेस्तोल र १७ राउन्ड गोली बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १८ गते ९:००

१८ भदौ, पर्सा । वीरगञ्ज प्रहरीले गोली हानेर एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ इनर्वा स्थायी ठेगाना बताउने २६ वर्षीय सन्तोष दास छन् ।

उनको साथबाट एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद भएको डीएसपी गौतम थापाले जानकारी दिए ।

गएराति वीरगञ्ज महानगरपालिका १३ राधेमाईमा नियमित चेकिङ गर्ने क्रममा प्रहरीलाई नै पेस्तोल देखाउँदै भागेपछि उनलाई गोली हानेर पक्राउ गरिएको डीएसपी थापाले बताए ।

उनको दाहिने घुँडामा एक राउन्ड गोली लागेको छ । उनको नारायणी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको डीएसपी थापाले जानकारी दिए ।

सन्तोष दास पहिले आपराधिक क्रियाकलापमा संलग्न रहेको पत्ता लागेको छ । प्रहरीका अनुसार यसअघि एक मुद्दामा उनले करिब १० वर्ष जेल सजायँ भोगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?