+
+

तिलोत्तमा चक्रपथमा रेल चलाउने तयारी

टोपराज शर्मा टोपराज शर्मा
२०७६ भदौ १८ गते १२:४२

१८ भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रेल सेवाको तयारी थालिएको छ । नगरपालिका र समुदायको लगानीमा ५० किलोमिटर चक्रपथमा रेल चलाउने काम अघि बढाइएको हो ।

रेल सेवा सञ्चालन गर्न ‘तिलोत्तमा पब्लिक रेल लिमिटेड’ दर्ता गरिँदैछ । सस्तो भाडामा सार्वजनिक यातायातको सेवा दिन भदौभित्रै रेल कम्पनी दर्ता गरेर काम अघि बढाइने यसका परिकल्पनाकार बाबुराम अर्याल बताउँछन् । यसबाट पर्यटन र कृषि विकासमा टेवा पुग्ने उनको विश्वास छ ।

नेपाल रेल्वे कम्पनी, जनकपुरमा महाप्रवन्धक रहिसकेका भोला शर्मा तिलोत्तमा पब्लिक रेल लिमिटेडको प्रवन्ध सञ्चालक बनेका छन् । कम्पनी दर्ताका लागि एक सय जना संस्थापक सेयर होल्डरबाट एक-एक लाख रुपैयाँ संकलन गरिँदैछ । प्रवन्ध सञ्चालक शर्मा भन्छन्, ‘आउँदो ९ असोजमा हुने तिलोत्तमा लगानी सम्मेलनमा नगरपालिकासँग रेल परियोजनाको समझदारीपत्रमा हस्ताक्षर गर्छौं ।’

उनका अनुसार, रेल्वेका स्टेशन १५ वटा हुने छन् । कम्पनीमा १५० जनाले रोजगारी पाउने छन् । सर्वसाधारण, विभिन्न कम्पनी र सहकारी संस्थादेखि तीनै तहका सरकारसम्मले शेयर लगानी गर्न सक्ने छन् ।

रेल्वे कम्पनीले डेढ वर्षभित्र चक्रपथको योगीकुटीदेखि प्रदीपनगरको जनभावना माविसम्म तीनवटा बोगी (डिब्बा) बाट सेवा शुरु गर्ने शर्माले बताए । शर्मा भन्छन्, ‘सामुदायीक लगानीको नेपालको पहिलो रेल सेवा भएकाले गुणस्तरमा सम्झौता नगरी स्तरीय सेवा दिने छौं ।’

रेल सञ्चालन गर्न ४३ फुट चौडा तिलोत्तमा चक्रपथको १० फुट क्षेत्र रेलमार्गका लागि छुट्टाउन पर्नेछ । त्यसका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

प्रस्तावित रेल कम्पनीका संस्थापक शेयर होल्डरहरु निकै उत्साहित छन् । तीमध्येका एक किशोर पन्थीले बसमा भन्दा धेरै सस्तो भाडा हुने भएकाले रेललाई पर्यटकीयसँगै सार्वजनिक यातायात र कृषि उत्पादनको ढुवानीमा समेत प्रयोग गरिने बताए ।

अर्का संस्थापक खिमलाल पाण्डे कम्पनीले रेल्वे कन्सल्टेन्सी सेवा दिनुका साथै फनपार्क, वायर हाउस र शीत भण्डारसहितको कृषि बजार स्थापना जस्ता काम पनि गर्ने बताए । उनी भन्छन्, ‘नगरभित्रका किसानले उत्पादन गरेका कृषि उपज संकलन र भण्डारणका लागि रेलवे कम्पनीले शीत भण्डार निर्माण गर्नेछ ।’

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?