Comments Add Comment

सांसदको रोहवरमा हत्याको आरोपी प्रहरी कार्यालयमा, वडाध्यक्षसहित ८ फरार

१८ भदौ विराटनगर । हत्या आरोपमा फरार रहेका एक व्यक्ति सांसदको रोहवरहमा जिल्ला प्रहरी कार्यालय मोरङमा उपस्थित भएका छन् । विराटनगर–१४ का समनानन्द यादवको हत्या आरोपमा फरार रहेका ९ जना मध्ये २७ वर्षीय दिपेश यादव प्रदेशसभा सदस्य जयराम यादवको रोहवरमा उपस्थित भएका हुन् ।

५१ वर्षीय यादवको हत्या भएको डेढ महिनापछि विराटनगर–१४ का २७ वर्षीय यादवलाई लिएर प्रदेश सांसद यादवसहित समाजवादी पार्टीका मोरङ अध्यक्ष राजकुमार यादव, भूराज राई जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

समानन्द यादव हत्यामा संलग्न भएको आरोपमा विराटनगर महानगरपालिका–१४ का अध्यक्ष बलदेव यादव, वडा नम्बर १८ का अध्यक्ष सञ्जय साहसहित ८ जना अझै फरार छन् । फरार रहेका सबै समाजबादी पार्टीका कार्याकर्ता हुन् । यादव र साहले तत्कालिन संघीय समाजवादी फोरमबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

गत जेठ ३२ गते विवाहको बिषयमा वडा अध्यक्ष बलदेव यादवको घरमा विवाद हुँदा समानन्दमाथि कुटपिट भएको थियो । समानन्दको असार २६ गते उपचारका क्रममा कोसी अञ्चल अस्पतालमा मृत्यु भएको थियो । मत्युपछि राजनीतिक पहुँच भएका दुई अध्यक्षसहित अन्य हत्या आरोपी फरार छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले यादव आफै उपस्थीत भएको बताए । घटनामा संलग्न मध्ये एक जना पक्राउ परेपछि प्रमाण बुझ्ने काम सुरु भएको उनले बताए । सांसद यादवले पनि दिपेशलाई प्रहरी कार्यालयमा पु¥याएको बताए ।

यादवको हत्यामा संलग्न भएको आरोपमा विराटनगर महानगरपालिका १४ नम्बर वडा अध्यक्ष वलदेव यादब, १८ का अध्यक्ष सञ्जय शाहसहित ९ जना विरुद्ध किटानी जाहेरी परेको छ । प्रहरी स्रोतका अनुसार दुई अध्यक्षसहित रविन यादव, बिजय यादब, दिनेश यादब, भोला यादब, दिपेश यादव, विन्देश्वर यादव, सम्भु यादव र विरेश यादवमाथि जाहेरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment