Comments Add Comment

यू–१९ एसिया कप : नेपाल र श्रीलंका भिड्दै

२० भदौ, काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

आर प्रेमादसा रंगशालामा विहान १० बजेर १५ मिनेटमा सुरु हुने खेलमा नेपालले आफ्नो पहिलो खेलमा नै टेष्ट नेशन राष्ट्रसँग प्रतिस्पर्धा गर्न लागेको हो । श्रीलंकालाई पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउने लक्ष्यमा नेपाली टिम रहेको छ ।

सन् २०१६ मा श्रीलंकामै भएको यू–१९ एसिया कपमा श्रीलंकासँग ब्यहोरेको एक रनको हारको बदला लिने रणनीतिमा नेपाली टिम छ ।

नेपाल रहेको समूह ‘बी’मा आयोजक श्रीलंकासँगै बंगलादेश र यूएई छन् । आजै अर्को खेलमा बंगलादेश र यूएईबीच पनि प्रतिस्पर्धा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment