Comments Add Comment

छापामा आज : ओलीले प्रचण्डलाई एकल अधिकार देलान् ?

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गराएर फर्किएपछि उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी सञ्चालनको एकल अधिकार देलान् ? भन्ने प्रश्न उब्जेको छ । यही प्रश्नको उत्तर खोज्ने प्रयास आजको कान्तिपुर दैनिकले गरेको छ ।

कान्तिपुरका अनुसार पूर्व माओवादी नेताहरु पार्टी सञ्चालनको एकल अधिकार प्रचण्डलाई दिँदा विश्वासको वातावरण बन्ने बताउँछन्, तर ओली पक्षका नेताहरु त्यसका लागि तयार देखिँदैनन् ।

कान्तिपुर लेख्छ, ‘अध्यक्ष दाहाललाई पार्टी सञ्चालनको पूर्ण अधिकार दिने विषयमा तत्कालीन एमालेको ओली पक्ष उदार छैन । एकता हुँदा संयुक्त अध्यक्ष रहने भन्ने सहमति भएकाले बीचमै एकजना अध्यक्षलाई मात्र अधिकार हस्तान्तरण गर्नु जायज नहुने ओली पक्षको भनाइ छ ।’

उपचारको क्रममा सिंगापुरमा रहेको बेला प्रधानमन्त्री ओलीलाई भेट्न उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर नै जानुलाई पनि अर्थपूर्ण मानिएको छ । कान्तिपुरका अनुसार सिंगापुरमा ओलीसँग शारीरिक स्वास्थ्यलाभको आदानप्रदानका साथै राजनीतिक स्वास्थ्यको पनि हिसाबकिताब भएको नेकपाकै नेताहरुले आशंका गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment