Comments Add Comment

क्षेत्रीय होटल संघ सौराहाको अध्यक्षमा भट्टराई

२१ भदौ, चितवन । क्षेत्रिय होटल संघ सौराहाको अध्यक्षमा दीपक भट्टराई सर्वसम्वत चयन भएका छन् ।

संस्थाको १८ औं साधारणसभा तथा आठौं अधिवेशनबाट भट्टराई सर्वसम्वत चयन भएका हुन् । उनी अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राममणि खनाल, उपाध्यक्षहरुमा अन्जनकुमार पाण्डे, योगेन्द्रनाथ अधिकारी, गंगा गिरी, टीका गिरी, ओम पाण्डे, महासचिवमा गुणराज थपलिया, कोषाध्यक्षमा माधव दवाडी, सचिवमा बविता चौधरी चयन भएका छन् ।

दुई बर्षे कार्यकालका लागि २१ सदस्यीय कार्य समिति चयन भएको निवर्तमान अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । नवनियुक्त अध्यक्ष भट्टराईले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन आफ्नो भूमिकालाई केन्दि्रत गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment