+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रूस–यूक्रेनबीच ७० कैदीबन्दीको आदानप्रदान, अमेरिका, जर्मनी तथा फ्रान्सद्वारा प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २२ गते ७:४४

२२ भदौ, काठमाडौं । रूस र यूक्रेनले ७० कैदीबन्दी आदानप्रदान गरेका छन् । कैदी आदानप्रदानबारेको महत्वपूर्ण सहमतिपछि दुवैतर्फका ३५–३५ कैदीबन्दी स्वदेश फर्काइएको छ।

यूक्रेनी ३५ कैदीबन्दीलाई लिएर गएको रूसको विमानलाई यूक्रेनी विमानस्थलमा ओरालिएका थियो भने त्यति नै रूसी कैदीलाई लिएर गएको विमान रूसको राजधानी मस्कोमा अवतरण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दुवै देशका कैदी विमानस्थलमा झरेको दृष्यलाई त्यहाँका टेलिभिजनद्वारा प्रत्यक्ष देखाएका थिए ।

यसैबीच, कैदीहरूको आदानप्रदान गर्ने रूस र यूक्रेनको निर्णयलाई अमेरिका, जर्मनी र फ्रान्सले प्रशंसा गरेका छन् ।

जर्मन चान्सलर एन्जेला मर्केलले उक्त घटनालाई ‘आशाको संकेत’ का रूपमा उल्लेख गरेकी छन् । उनले सन् २०१५ मा पेरिस र बर्लिनमा भएका युद्धविराम सम्झौतालाई पूर्ण कार्यान्वयनमा लान आग्रह गरेकी छन् ।

उनले भनेकी छन्– ‘रूस र यूक्रेनबीच कैदीबन्दी आदानप्रदानको कार्यले आशाको संकेत गरेको छ । अब उनीहरूले मिन्स्क सम्झौतालाई कार्यान्वयनमा लान कडा गृहकार्य गर्नेछन् ।’

त्यस्तै फ्रान्सले शनिबार भएको कैदीबन्दी हस्तान्तरणले शान्तिको बाटो खुला गरेको बताएको छ भने अमेरिकी विशेष दूत कुर्त भोकरले कैदीहरूको आदानप्रदानले ती मुलुकहरूमा शान्तिको आशा पलाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?