Comments Add Comment

बाँझोपन बढ्नुको ६ कारण

आधुनिक जीवनशैलीलाई अपनाउने चक्करमा यस्ता गल्ती गरिरहेका हुन्छौ, जसले बाँझोपनको समस्या ल्याउँछ ।
खानपान, शिफ्ट अनुसारको जागिर तथा रहनसहनमा आएको परिवर्तनका कारण जहाँ एकातिर हाम्रो जीवनको स्तर पहिलाको तुलनामा निकै ठूलो भएको छ, अर्कोतिर आधुनिकीकरणको परिणामस्वरुप पनि थुप्रै प्रकारका स्वास्थ समस्या  बढेको छ ।

अहिले बढ्दो उमेरसंगै लाग्ने रोगहरु युवा अवस्थामै लाग्न थालेका छन् । ती मध्ये एउटा सामुहिक समस्याहरु युवाहरुमा बढ्दो बाँझोपन । वास्तवमा युवाहरुमा बाँझोपनको समस्या आधुनिक जीवनशैलीमा गरिने केही आम गल्तिहरुको कारणले बढिरहेको छ ।

खानपिनको गलत बानी

बाँझोपनको लागि सबैभन्दा धेरै जिम्मेवार भनेकै खानपिनको गलत बानीलाई मान्न सकिन्छ । कुबेलाको खाना खुवाइ, जंक फूड, फास्ट फूड खाने बानीकै कारण युवा अवस्थामै बाझोपनको समस्या बढिरहेको चिकित्सकहरुको भनाइ छ । फास्ट फूड तथा जंक फूड जस्ता खाद्यपदार्थमा हुने पेस्टीसाइडले शरीरमा हार्मोनको सन्तुलनलाई बिगार्छ, जसका कारण बाँझोपनको समस्या पैदा हुन्छ । त्यसैले आफ्नो खानपिनमा परिवर्तन गर्दै पौष्टिक आहारको सेवन गर्नु पर्छ । हरिया सागपात, ड्राइफुड, गेडागुडी, दाल जस्ता खाद्य पदार्थको सेवन धेरै भन्दा धेरै गर्नु पर्छ ।

तनाव

आधुनिक जीवनशैलीमा करिव-करिव हरेक व्यक्ति तनावबाट ग्रस्त छन् । कामको दवाव, प्रतिस्पर्धाको भावना, किस्ताको बोझ, जीवनशैलीलाई मेन्टेन गर्नका लागि हुने आर्थिक बोझ आदि त्यस्ता समस्याहरु हुन्, जसलाई हामी स्वयम्ले आफ्नै लागि तयार पारेका हौं ।

यी सबैका कारण अधिकांश युवाहरु तनावमा रहन थालेका छन् । यही कारण उनीहरु बाँझोपनको शिकार हुन थालेका छन् । यसबाट बच्नका लागि त्यस्ता कामहरु गर्नु पर्छ, जसबाट तपाईं तनावग्रस्त हुने सम्भावना कम हुन्छ । तनाव भएको बेला परिवारका सदस्य तथा साथीभाइहरुको सहयोग लिनु पर्छ ।

उमेर छिप्पिएपछिको विवाह

आज प्रगति र सफलताको चाहनामा महिला तथा पुरुषहरु कम उमेरमा विवाह गर्नै चाहँदैनन् । विवाहपछि पनि आर्थिक सुरक्षालाई कायम राख्दा-राख्दै उनीहरुले सन्तान जन्माउने बारेमा सोच्नै भ्याउँदैनन् अथवा त्यसबारेमा सोच्न धेरै समय लगाउँछन् ।

महिलाहरु समेत अचेल आत्मनिर्भर हुन थालेका छन् र उनीहरु कम उमेरमा बच्चा जन्माउन चाहँदैनन् । चिकित्सकहरुका अनुसार उमेर छिप्पिएपछि विवाह गर्नाले महिलाहरुको डिम्बको गुणस्तरमा प्रभाव पर्छ । यही कारणले उनीहरुमा बाँझोपनको सम्भावना समेत बढेर जान्छ । यसबाहेक गलत जीवनशैलीका कारण पनि अचेल युवाहरुमा उच्च रक्तचाप जस्ता समस्याहरु समेत देखा पर्न थालेका छन्, जसका कारण बाँझोपन हुने समस्या बढ्छ ।

व्यायाम नगर्नु

कामको दवावका कारण व्यायामका लागि समय निकाल्न युवाहरुका लागि निकै ठूलो समस्या बन्दै गैरहेको छ । कल सेन्टर तथा सञ्चारमाध्यमको जागिरमा त समयको बाध्यता नहुनाले कामको दवाव र प्रतिस्पर्धा अझ बढ्छ ।

युवाहरुका लागि सन्तान जन्माउनु भन्दा महत्वपूर्ण कुरा प्रगति तथा भौतिक सुखसुविधाका लागि पैसा महत्वपूर्ण हुन थालेको छ । यही कारण जीवनको अधिकांश समय अफिसको काममै बितिरहेको हुन्छ । अफिसमा धेरै समयसम्म काम गरेपछि घर आउँदा श्रीमान्-श्रीमती नै थकित भैसकेका हुन्छन् । यस्तो बेला दुबैलाई शारीरिक सम्पर्क राख्ने चाहना समेत हुँदैन । यदि कामसंग-संगै शारीरिक व्यायामलाई समेत निरन्तरता दिने हो भने बाँझोपनबाट बच्न सकिन्छ ।

निद्रा पुरा नहुनु

निद्रा पुरा नहुने कारण पनि युवाहरुमा बाँझोपनको समस्या बढिरहेको छ । कामको बोझ र राती ढिलोसम्म पार्टी गर्ने कारणले युवा-युवतीहरु पर्याप्त निद्रा पुर्‍याउन पाउँदैनन्, जसका कारण हार्मोनमा असन्तुलन हुन्छ र बाँझोपनको समस्या बढ्छ । थुप्रै वटा अनुसन्धानहरुले पनि के कुरा पत्ता लगाएको छ भने निद्रा पुरा नहुने कारण हार्मोनको सन्तुलन बिग्रन्छ र बाँझोपनको समस्या देखिन्छ । त्यसैले नियमित रुपमाले कम्तिमा सातदेखि ९ घण्टा सुत्नु अनिवार्य छ ।

तौल बढ्नु

खानपानको गलत बानी-व्यहोरा र व्यस्त दिनचर्याका कारण व्यायामका लागि समय निकाल्न पाउँदैनौं । जसको कारणले हामी मोटाउन थाल्छौं । चिकित्सकहरुका अनुसार मोटोपना पनि बाँझोपनको एउटा ठूलो कारण हो । अधिक तौलले महिला तथा पुरुष दुबैको प्रजनन शक्तिलाई प्रभावित बनाउँछ । यसबाहेक जो महिलाहरुको तौल सामान्य भन्दा कम छ, उनीहरुमा पनि यो समस्या देखिन्छ । त्यसैले यदि तपाईंको तौल धेरै छ भने त्यसलाई बढाउने कोशिस गर्नु पर्छ भने जसको तौल कम छ, उनीहरुले बढाउने कोशिस गर्नु पर्छ ।

चुरोट र रक्सी

अचेलका युवाहरुमा रक्सी, चुरोट, कोकिन आदिको प्रयोग निकै सामान्य झैं भैसकेको छ । यी सबै नशालु पदार्थहरुको प्रयोगका कारणले युवक तथा युवती दुबैमा बाँझोपनको समस्या देखिन थाल्छ । यी पदार्थको अत्यधिक सेवनका कारण पुरुषको विर्य तथा महिलाको डिम्बको गुणस्तरमै हृास आउँछ । एकातिर जहाँ धुम्रपान गर्नाले बिर्यको उत्पादनमै कमि आउँछ भने अर्कोतिर रक्सीको सेवनले टेस्टोस्टेरोन हार्मोनको उत्पादनमा पनि कमि आउँछ । यसबाहेक औषधीहरु खासगरी एन्टिबायोटिकको अत्यधिक प्रयोगले पनि बाँझोपनको समस्या बढ्न सक्छ ।

स्वास्थ्य समस्याहरु

हाइपरटेन्सन तथा उच्च रक्तचाप जस्ता समस्याहरु, जसलाई कुनै बेला बृद्ध-वृद्धालाई लाग्ने रोग भनिन्थ्यो, आज युवापुस्तामा समेत सामान्य हुन थालेको छ । यसको प्रभावले युवापुस्ताको यौन जीवनलाई नकारात्मक प्रभाव पारेको छ । सानै उमेरदेखि कम्प्युटर तथा ल्यापटपमा बस्नु सामान्य भैसकेको छ । यीनै बानीहरु समेत बाँझोपनको कारण बनिरहेका छन् ।

बाँझोपनको उपचार

असिस्टेड रि–प्रोडक्टिभ प्रविध अर्थात आईविएफको माध्यमबाट तपाईंको आमा बन्ने सपना पुरा हुनसक्छ । तर, त्यस्तो स्थितमा डोनरको सहयोग लिनु पर्ने हुन्छ । त्यसलै, चिकित्सकहरु के सल्लाह दिन्छन् भने यदि तपाईंले स्वस्थ जीवनशैली अपनाउनु भयो भने बाँझोपनको समस्याबाट बच्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment