+

स्पेनसँग फारो आइसल्यान्ड्स पराजित

२०७६ भदौ  २३ गते ७:१० २०७६ भदौ २३ गते ७:१०
स्पेनसँग फारो आइसल्यान्ड्स पराजित

२३ भदौ, काठमाडौं । युरो कप छनोट फुटबलअन्तर्गत समूह ‘एफ’ मा भएको खेलमा स्पेनले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा स्पेनले फारो आइसल्यान्ड्सलाई ४–० गोलअन्तरले पराजित गरेको हो । स्पेनको जितमा रोड्रिगो र पाको अल्कासरले समान २–२ गोल गरे । पहिलो हाफमा एक गोलले अघि रहेको स्पेनले दोस्रो हाफमा थप तीन गोल गर्दै फराकिलो जित निकालेको हो ।

खेलको १३औं मिनेटमा नै स्पेनका रोड्रिगोले गोल गर्दै अग्रता दिलाए । खेलको ५० औं मिनेटमा उनले अर्को गोल थप्दै स्पेनलाई २–० गोलको अग्रता दिलाए । खेलको अन्तिम समयमा पाको अल्कासरले दुई गोल गर्न सफल भयो । ९० औं मिनेटमा गोल गर्दै ३–० गोलको अग्रता दिलाएका उनले अतिरिक्त समयमा अर्को गोल गर्दै ४–० गोलको जित दिलाएका हुन् ।

समूह ‘एफ’ मा रहेको स्पेनले ६ खेलमा शतप्रतिशत जित निकाल्दै १८ अंक बनाएको छ ।

त्यस्तै, यो समूहमा भएको अर्को खेलमा भने स्वीडेन र नर्वेले १–१ गोलको बराबरी खेलेका छन् ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय