Comments Add Comment

तिहारमा अक्षयसँग कंगनाको भिडन्त

बलिउड नायक अक्षय कुमारले आउँदो बर्षका लागि महत्वपूर्ण बिदाहरु बुक गरेका छन् । सन् २०२० मा उनले अभिनय गरेका केही चलचित्र भारतमा हुने महत्वपूर्ण बिदामा रिलिज हुँदैछ । इद, क्रिसमसलाई समेत बुक गरिसकेका अक्षयले अब तिहारमा पनि नयाँ चलचित्र रिलिज गर्ने भएका छन् ।

आउँदो बर्षको तिहारमा अक्षय अभिनित चलचित्र ‘पृथ्वीराज चौहान’ रिलिज हुने पक्का भएको छ । यशराज फिल्मस्को ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो । अक्षयको जन्मदिनको अवसर पारेर चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो ।

अक्षयले यशराजको चलचित्रमा १२ बर्षपछि काम गर्न लागेका हुन् । उनले सन् २००८ मा यशराजको फिल्म ‘टसन’मा काम गरेका थिए ।

योसँगै आउँदो बर्षको तिहारमा अक्षयसँगै नायिका कंगना रनावतको भिडन्त हुने भएको छ । कंगनाले अभिनय गरेको चलचित्र ‘धाकड’ पनि तिहारमा नै रिलिज हुँदैछ । यो चलचित्रको टिजर केही हप्ता अगाडि मात्र सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment