Comments Add Comment

महिला च्याम्पियन्स लिग दशैंपछि

२३ भदौ, काठमाडौं । पटक-पटक सर्दै आएको महिला च्याम्पियन्स लिग क्रिकेट आगामी असोज र कात्तिकमा हुने भएको छ ।

क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महिला च्याम्पियन्स लिग क्रिकेट असोज २९ देखि कात्तिक सात गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो । यो प्रतियोगिता गत वर्ष नै हुनु पर्ने हो तर विभिन्न कारण देखाउँदै आयोजकले मिति सार्दै आएको थियो ।

प्रतियोगितामा पाँच वटा फ्रेन्चाइज टिम रहेका छन् । लिगमा क्यापिटल रोयल्स काठमाडौँ, ललितपुर फाल्कोन्स, विराटनगर टाइटन्स, पोखरा पल्टन र चितवन राइनोज रहेका छन् ।

काठमाडौंकी मार्की खेलाडीमा रुविना क्षेत्री, ललितपुरमा नेरी थापा, पोखरामा सीता रानामगर, चितवनान इन्दु बर्मा र विराटनगरमा सरिता मगर मार्की खेलाडीको रुपमा रहेकी छिन् ।

प्रतियोगिता टियू क्रिकेट मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment