Comments Add Comment

जोन अब्राहमको फिटनेस रहस्य

बलिउडमा हेण्डसम अभिनेताको रुपमा चिनिन्छन् जोन अब्राहम । पछिल्लो फिल्म ‘बाटला हाउस’ सफलतासँगै उनको लोकप्रियता चुलिएको छ । यसबीच सञ्चारमाध्यमहरुमा जोनका विभिन्न प्रकारका समाचारहरु प्रकाशित भैरहन्छन् । पछिल्लो पटक एउटा सञ्चारमाध्यमले उनको फिटनेसका बारेमा एउटा सामाग्री प्रकाशित गरेको थियो । उक्त सञ्चारमाध्यमसँग कुराकानी गर्दै जोनले आफ्नो फिटनेशको कारण बताएका छन् ।

आफ्नो फिटनेसका बारेमा उनले भनेका छन्, ‘म कोल्ड ड्रिंक, मिठाइ, धूमपान, मद्यपानबाट टाढै बस्छु । मैले यी चिजहरुमा हात नलगाएको दुई दशकभन्दा बढी भयो । मैले यो अवधिमा यी चिजहरु चाखेको समेत छैन । मलाई मिठाइ देखेर मुखमा पानी आउँदैन, किनभने अहिले मेरो दिमाग पूरै तरिकाले स्ट्रङ भएको छ । यदि कसैले मलाई यी चिजहरु खानका लागि आग्रह गर्दछ भने ऊ मलाई मेरो दुश्मन झैं लाग्छ । त्यसैले मलाई कसैले करसमेत गर्दैन । कर गर्नेहरुको कुरा पनि सुन्दिन । म आफ्नो वचनको पक्का व्यक्ति हुँ । म त्यसरी जीवन जिउँछु, जसरी मलाई जीउन मन लाग्छ ।’

अर्को एउटा प्रसंगमा जोनले आफ्नो तुलना अक्षय कुमारसँग हुन थालेकोमा त्यसलाई स्वाभाविक मानेका छन् । अक्षय कुमार र आफूले लगातार देशभक्ति फिल्महरुमा काम गरिरहेकाले त्यस्तो तुलना भएको उनको बुझाइ छ ।

उनी भन्छन्, ‘यो तुलना त स्वाभाविकै छ । जुन प्रकारका फिल्महरु अक्षयले गरिरहेका छन्, ती निकै उत्कृष्ट छन् । म आफ्नो स्वभावका फिल्महरु गरिरहेको छु । तर यदि ध्यान दिएर हेर्ने हो भने देशभक्तिको सूत्रवाला फिल्महरु हिट भएकाले मात्र हामीले त्यस्ता फिल्म गरेका भने होइनौं । हामी चाहन्छौं, राम्रो कन्टेन्ट आओस् ।

राम्रो विषयवस्तु नै फिल्मको सबैभन्दा महत्वपूर्ण पक्ष हो । ठूलो बजेटका फिल्महरु समेत कतिपय अवस्थामा नचलेका छन् । आर्टिकल १५ जस्तो फिल्मलाई नै हेरौं न, गीत छैनन्, भव्य सेटहरु छैनन् तर पनि फिल्मले उत्कृष्ट व्यवसाय गर्न सफल भयो । तर, के कुरा सत्य हो भने म देशभक्त बन्न चाहान्छु, तर राष्ट्रवादी भनिन चाहन्नँ । दुवैमा भिन्नता के छ भने देशभक्त त्यो हो जो आफ्नो देशको राम्रो कुराहरुमा गर्व गर्छ र नराम्रो कुराहरुको आलोचना गर्न पनि पछि पर्दैन । तर राष्ट्रवादी त्यो हो, जसले आफ्नो देशको राम्रो-नराम्रो दुवै कुरालाई प्रेम गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment