Comments Add Comment

नेपाल पूर्वाधार शिखर सम्मेलन भदौ २५ र २६ मा

२३ भदौ, काठमाडौं । काठमाडौंमा यही भाद्र २५ र २६ गते ‘तेस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन’ आयोजना हुने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गरी नेपाल उद्योग परिसंघले सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जानकारी दिएको छ ।

परिसंघका अनुसार सम्मेलनमा दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री डा. हान स्योङ सू किनोट वक्ताको रुपमा सहभागी हुनेछन् ।

परिसंघका अध्यक्ष सतिसकुमार मोरले सम्मेलनमा विशिष्ट वक्ताको रुपमा भारतका युनियन स्टेट मिनिष्टर आरके सिंहले पनि सम्बोधन गर्ने जानकारी दिए ।

सम्मेलनमा सबै प्रदेशका मुख्यमन्त्रीहरु, योजना आयोगका पदाधिकारी पनि सहभागी हुनेछन् । प्रदेश सरकारका मुख्य सचिवहरुलाई पनि सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरिएको अध्यक्ष मोरले जानकारी दिए ।

नेपालको पूर्वाधार विकासमा आवश्यक बाहृय लगानी जुटाउने मूल उद्देश्यका साथ परिसंघले नेपाल सरकारसँगको सहकार्यमा तेस्रो पटक यस्तो सम्मेलन आयोजना लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment