Comments Add Comment

मिसेस नेपालको ट्यालेन्ट शो

विवाहित महिलाहरुवीच हुने सौन्दर्य प्रतियोगिताको ट्यालेन्ट शो सम्पन्न भएको छ । प्रतियोगिताको अन्तिम छिनोफानो भने आगमी असोज ४ गते कमलादीस्थिती नेपाल प्रज्ञा प्रतिष्ठनमा हुँदैछ ।

यो प्रतियोगिता रिवन इन्टरनेशनलले गर्दै आएको छ । प्रतियोगिताको यो पाँचौ संस्करण हो । यसपाली मिसेस नेपालको ताजका निम्ति ३६ जना विवाहित महिलाबीच भिडन्त हुँदैछ । यतिबेला उनीहरुलाई ग्रमिङ सेसनमा राखिएको छ । व्यक्तित्व विकास, नेतृत्व क्षमता लगायतमा उनीहरुलाई तालिम दिइरहेको छ ।

प्रतियोगितामा सहभागी महिलाहरुले हालै भने अभिनय, नृत्य, कविता वाचन, चित्रकला, वक्तृत्वकलामार्फत आफुमा लुकेर रहेको कला पेश गरे । प्रतियोगिताको ट्यालेन्ड राउन्डका लागि उनीहरुले आ-आफ्नो कला प्रस्तुत गरेका हुन् ।

ट्यालेन्ट शोमा रंगकर्मी विरेन्द्र हमाल, शिक्षासेवी सुदन डोटेल, म्युजिक भिडियो निर्देशक समन अधिकारी, संगीतकार सरोज प्याकुरेल र चलचित्र निर्देशक तथा नृत्य निर्देशक सावित्री खत्री निर्णयक रहेका थिए । यस वर्षको प्रतियोगिता लैगिंक असमानता विरुद्धको अभियान भन्ने मुल नाराका साथ आयोजना हुने आयोजकको भनाई छ ।

प्रतियोगितामा विजेताले नेपालका तर्फबाट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसरका साथै स्कुटर उपहार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment