Comments Add Comment

प्रदेश ३ मा लोकसेवा आयोग गठनको बाटो खुल्यो

२४ भदौ, हेटौडा । विधेयक पास भएसँगै प्रदेश ३ मा लोकसेवा आयोग गठनको बाटो खुलेको छ ।

मंगलबार ‘प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्बसम्मतले पारित भएको छ ।

विधेयकमा ८ जनाले संसोधन प्रस्ताव राखेका थिए । विधयेकमाथि दफाबार छलफल भएर प्रदेश मामिला समितिले तयार पारेको प्रतिवेदनको निर्णयसहित मंगलबार मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्तावमा विधेयक सर्वसम्मतरुपमा पारित भएको हो ।

पर्याप्त छलफल नगरेको सांसदको गुनासो

विधेयक सर्वसम्मतीले पारित भैरहँदा प्रतिवपक्षी कांग्रेसका सांसदले भने विधेयकको प्रतिवेदनमाथि पर्याप्त छलफल गर्न नसकेको गुनासो गरेका छन् । कांग्रेसका सांसदहरु न्हुच्छेनारायण श्रेष्ठ र नरोत्तम वैद्यले पर्याप्त छलफलको लागि समय नदिएको गुनासो गरे ।

समितिको बैठकमा घनिभूत छलफलपछि मात्र सभामा पेश भएको नेकपाका सांसदहरुले बताएका थिए । राम्रो कुरालाई पनि प्रतिपक्षी नबन्न नेकपाका सांसद दिवक निरौला, केशबराज पाण्डेले आग्रह गरेका थिए ।

छलफलपछि जवाफमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिपक्ष भएकोले मात्रै विरोधको लागि विरोध नगर्न आग्रह गर्दै प्रजातन्त्रिक ढङ्गले पर्याप्त समय र छलफल गरेर विधेयक ल्याएको बताएका थिए । उनले प्रदेश सरकारले छिट्टै निजामती कर्मचारी ऐन ल्याएर सरकारको कामलाई तीव्रता दिने बताए ।

कर्मचारीको अभाबका काराण अहिले पनि सरकारको कामले गति लिन नसकेको बताएका मुख्यमन्त्री पौडेलले आफूमा दुई तिहाईको दम्भ नभएको भन्दै प्रतिपक्षको रचनात्मक सहयोगको अपेक्षा गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment