Comments Add Comment

जर्मनीमा जारी आईएफए ट्रेड शोमा हुवावेका थुप्रै नयाँ उत्पादन सार्वजनिक

जर्मनी । हृवावेले जर्मनीको बर्लिनमा जारी कन्ज्युमर इलेक्ट्रोनिक्स तथा होम अपलायन्सेसका लागि विश्वकै अग्रणी व्यापार शो आईएफएमा आˆना कैयौँ नयाँ उत्पादनहरू र प्रविधि सार्वजनिक गरेको छ । ६ सेप्टेम्बरदेखि शुरू भएको उक्त आईएफ व्यापार शो ११ सेप्टेम्बरसम्म चल्नेछ ।

उक्त ट्रेड शोमा सार्वजनिक गरिएका हृवावेका धेरै उत्पादनहरूमध्ये प्रविधि क्षेत्रकै बिल्ट-इन फाइभ जी मोडेलजडित किरिन ९९० युक्त पहिलो र अल इन वान ˆल्याशीप एसओसी पनि रहेको छ ।

आईएफएमा “रिथिन्क इभोलुशन” शीर्षकमा किनोट स्पीच दिँदै हृवावे टेक्नोलोजिज कन्ज्युमर बिजनेश ग्रुपका प्रमुख कार्यकारी अधिकृत रिचर्ड यू ले पछिल्लो ˆल्याग्शीप किरिन ९९० सिरिजअन्तर्गतको किरिन ९९० तथा त्यसको फाइभ जी भर्सन सार्वजनिक गरे ।

उत्कृष्ट फाइभ जी अनुभव प्रदान गर्न किरिन ९९० को कार्यक्षमता, प्रभावकारिता, एआई कम्प्युटिङ, आइएसपी स्तोरोन्नति गर्दै मोबाइल फोन प्रयोगको अनुभवलाई नयाँ स्तरमा पुर्याुइएको छ ।

अत्याधुनिक ७ एन एम तथा इयूभी उत्पादन प्रक्रिया भएको फाइभ जी किरिन ९९०मा फाइभ जी मोडेम छ जसले थोरै ब्याट्रीको खपत गर्दछ ।

बलोङ ५००० को सर्वोत्कृष्ट कनेक्टिभिटी क्षमतामा आधारित किरिन ९९० फाइभ जीमा प्रति सेकेण्ड २.३ जिबिट डाउनलिंक रेट रहेको छ भने प्रति सेकेण्ड १.२५ जिबिटको अपलिंक पिक रेट रहेको छ र अद्वितीय फाइभ जी अनुभव प्रदान गर्ने गर्दछ ।

किरिन किरिन ९९० फाइभ जीमा धेरै संख्यामा ट्रान्जिस्टरहरू, सबैभन्दा धेरै फङ्क्सनहरू र औँलाको नङजत्रो आकारमा १०.३ अर्ब ट्रान्जिस्टरहरू रहेका छन् ।

यो दा भिन्सी आर्किटेक्चरमा निर्मित डुअल कोर भएको पहिलो ˆल्यागशीप एसओसी पनि हो । यसमा कम प्रकाश भएको स्थानहरूमा पनि उत्कृष्ट र स्पष्ट तस्वीरहरू प्रदान गर्न इमेज सिग्नल प्रोसेसरको पनि सुधार गरिएको छ ।

स्तोरोन्नति गरिएको आइएसपीका आधारमा किरिन ९९० फाइभजी ले ब्रान्डन्यू कुल फेस एआर सुविधा प्रदान गर्दछ ।  फेस एआर सुविधाले फेस मोडलिङ, वास्तविक समयमा ट्यार्र््िङ र अनुहारको हाउभाउ कैद गर्दछ । साथै स्वास्थ्यसम्बन्धी डाटाहरू जस्तै मुटुको धड्कन, श्वासप्रश्वासको दर र एआर एप्लिकेशनहरूको नयाँ सम्भावनाहरूको एक्सप्लोर गरेको छ ।

किरिन ९९० सिरिज जडित हृवावे मेट सिरिज यही सेप्टेम्बर महिनामा सार्वजनिक हुँदैछ । योसँगै स्मार्टफोन प्रयोगको कार्यक्षमता र फाइभजी अनुभव एउटा नयाँ उचाइँमा पुग्नेछ ।

त्यस्तै पाँच दिने आईएफ व्यापार शो मा नयाँ जेनेरेशनको होल होम वाईफाई सिस्टम हृवावे वाईफाई क्यू टु प्रो सार्वजनिक गरिएको थियो ।  हृवावेको गिगाहोम ५६३० गिगाबिट पीएलसी मोडेम चिप जडित र पीएलसी टर्बो प्रविधियुक्त हुवावे वाईफाई क्यू टु प्रो राउटरले पीएलसी नेटवर्किङको एन्टी इन्टरभरेन्स क्षमतामा वृद्धि गर्छ र २०० एमबीपीएस ब्रोडब्यान्ड र छिटो फाइबर अप्टिक ब्रोडब्यान्डको प्रयोग गर्दै नयाँ प्रविधिको आत्मसात गर्छ ।

थर्ड जेनेरेसन हृवावे बेस स्याटलाइट राउटरका रुपमा हृवावेको वाईफाई क्यू टु प्रो ले नेटवर्क सिग्नल ट्रान्समिसनका क्रममा देखिने समस्याहरू हल गर्दछ । यसले बेस तथा स्याटलाइट राउटरहरूबीचको गुणस्तरलाई बढाउँछ ।

छिटो ब्रोडब्यान्ड एक्सस भएका घरहरूका लागि यसको प्रयोग निकै राम्रो हुनेछ । हृवावे वाईफाई क्यू टु प्रो ले नेक्स्ट जेनेरेसनको आईपीभी सिक्स नेटवर्क कम्युनिकेशन प्रोटोकल सपोर्ट गर्दै प्रयोगकर्ताको गोपनीयता र नेटवर्क सुरक्षालाई सुदृढ बनाउँछ ।

किरिन ९९० र वाईफाई क्यू टु प्रोसँगै आईएफएमा सार्वजनिक गरिएको अर्को उत्पादन भनेको पी ३० प्रो को नयाँ भर्सनहरू रहेका छन् ।  पी सिरिज अन्तर्गतको आकर्षक डिजाइनहरू तथा नवीनतम इमेज टेक्नोलोजीलाई निरन्तरता दिँदै हृवावे पी ३० प्रो नयाँ डिजाइनहरू र कलर्स रिडिभाइनिङका साथमा पुनः सार्वजनिक गरिएको छ ।

प्रकृतिबाट प्रेरित भई हृवावे पी ३० प्रो का दुई नयाँ डिजाइनहरू म्याट सर्फ]{ स्यान्डिङ प्रोसेसबाट बनाइएको हो । मिस्टिक ब्लू र मिस्टी ल्याभेन्डर रंगमा रहेको हृवावे पी ३० प्रो ले नयाँ सम्भावनहरू उजागर गरेको छ र मोबाइलको लुकलाई नयाँ र निकै आकर्षक डिजाइन प्रदान गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment