Comments Add Comment

शरणार्थी शिविरबाट संसारलाई चकित पार्ने यात्रा

अफगान क्रिकेट टिमको कथा

काठमाडौं । एशियाली महाद्वीपको पिचको कन्डिसनअनुसार चटगाउँ टेस्टमा पाँचौं दिनको खेल सुरु हुँदै थियो । अफगानिस्तानको नजर आफूभन्दा बलियो मानिएको टोलीविरुद्ध पहिलो टेस्ट जित हात पार्न केन्द्रित थियो । अर्कोतर्फ, घरेलु टोली बंगलादेश खेल ड्र गर्न चाहन्थ्यो । अफगानिस्तानलाई जीतका लागि चार विकेट चाहिएको थियो । बंगलादेशको आश टिम कप्तान र अनुभवी खेलाडी साकीब अल हसनको ब्याटमा थियो ।

चटगाउँमा दिनको सुरुवात वर्षासँगै भयो । पहिलो सत्रमा खेल भएन । लञ्चपछि खेल सुरू भयो । तर केही समयमा फेरि पानी पर्न थाल्यो । वर्षाका कारण खेल अवरुद्ध भयो । समय भन्दा अघि नै टि ब्रेक भयो । अन्तमा, पानी रोकियो, तर आकाशमा बाक्लो कालो बादल मडारिएको थियो । जसका कारण उज्यालो कम हुँदै गइरहेको थियो ।

यस्तो लाग्न थालेको थियो कि अफगानिस्तान र ऐतिहासिक जीतको बीचमा वर्षा उभिएको छ । तर एम्पायरहरुले खेल सुरु गर्ने निर्णय गरे । अधिकतम १८ ओभर खेल हुनेभयो ।

अफगानिस्तानका जहीर खानले साकीब अल हसनलाई चाँडै पवेलियन पठाए । यो बंगलादेशका लागि झड्का थियो । हसनको विकेट लिएपछि अफगान टीममा थप हौसला बढेको देखिन्थ्यो ।

यस पछि टिमका कप्तान र स्टार बलर राशिद खानले बंगलादेशी इनिङ सकाउन धेरै समय लगाएनन् । १६ ओभरमै बंगलादेशको ४ विकेट गुम्यो । कप्तानको रूपमा पहिलो टेस्ट खेलमा राशिद खानले ११ विकेट लिए । कप्तानका रूपमा उनी पहिलो टेस्ट खेलमा १० भन्दाबढी विकेट र अर्धशतक बनाउने विश्वकै पहिलो क्रिकेटर बने ।

यो टेष्टमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । पहिलो इनिङमा अफगानिस्तानले रहमत शाहको उत्कृष्ट शतकीय प्रदर्शनका साथ ३४२ रन बनायो । बंगलादेशले पहिलो पारीमा २०५ रन मात्र जोड्न सक्यो । पहिलो इनिङमा राशिदले ५ विकेट लिए । पहिलो इनिङमा १३७ रनको अग्रता लिएको अफगानिस्तानले दोस्रो इनिंगमा २६० रन बनायो । युवा ब्याट्सम्यान इब्राहिम जादरानले ८७ रन जोडे ।

घरेलु टोली बंगलादेशका लागि जितका लागि ३९८ रन चाहिषे । यो ठूलो चुनौतीको अगाडि बंगलादेशी टीमले १७३ रन बनायो । दोस्रो इनिङमा राशिद खानले ६ विकेट लिए ।

अफगान क्रिकेटरहरूको कथा

अफगान टीमको यो उपलब्धीलाई यसकारण पनि ऐतिहासिक हो कि धेरैजसो खेलाडीले बाल्यकाल शरणार्थी शिविरमा बिताएका छन् ।

कुनै पनि शरणार्थी शिविरमा बस्न त्यति सजिलो छैन । हरेक दिनको भोजनका लागि संघर्ष गर्नुपर्ने हुन्छ । शिविरमा बस्नेहरुले यहाँबाट बाहिर निस्कनका लागि दैनिक प्रार्थना गर्ने गर्दछन् । अफगानिस्तानका अधिकांश क्रिकेटर यस्तै शिविरबाट आएका हुन्, त्यहीबाट निस्किएर विश्वकप पुगेका हुन् ।

यद्यपि अफगानिस्तानका लागि क्रिकेट नयाँ खेल भने होइन । ऐतिहासिक रेकर्डअनुसार ब्रिटिश सेनाले १८३९ मा अफगानिस्तानमा क्रिकेट खेल्ने गरिएको थियो । तर, अन्य ब्रिटिश उपनिवेश भएको अन्यत्र जस्तो अफगानिस्तानमा क्रिकेटले जरा बलियो पार्न सकेन ।

यदि तपाई युद्धमा घाइते हुनुभएको छ, कुनै पनि कारणले ज्यान बचेको छ, भोक र गरीबीको शिकारमा हुनुहुन्छ भने शरणार्थी शिविरमा केही सहयोग पाउन सक्नुहुन्छ । तर जहाँ दैनिक अस्तित्वको संकट छ, त्यहाँ युवाहरूले कसरी क्रिकेटको बारेमा सोच्न सक्छन् ? यो असम्भव नै देखिन्छ । तर, असम्भव भने देखिँदैन । किनकी अफगानिस्तानको वर्तमान क्रिकेट टोलीका धेरैजसो खेलाडीले यो गरेर देखाइदिएका छन् ।

शरणार्थी शिविरहरूमा किन बस्नु पर्‍यो ?

अफगानिस्तान एशियाको पश्चिमी र दक्षिणी भागको बीचमा अवस्थित छ । शीतयुद्धका क्रममा अमेरिका र रसिया दुबै देशले अफगानिस्तानमाथि आँखा लगाएका थिए । १९७९ मा सोभियत संघले पनि अफगानिस्तानलाई कब्जा गर्ने प्रयास गरेको थियो ।

अफगानिस्तानले रुसको आक्रमणको कडा प्रतिवाद ग¥यो । दुवै देशबीच १० बर्ष संघर्ष चल्यो । त्यस समय अमेरिका, सोभियत संघको विरोधी थियो । उसले अफगानिस्तानलाई आदिवासीहरूलाई सहयोग गरे । सन् १९८९ मा जब सोभियत संघलाई अफगानिस्तानमाथि जित हात पार्न सम्भव छैन भन्ने लाग्यो, उसले आफ्नो सेना फिर्ता लग्यो । जुन समय अफगानिस्तानमा अमेरिकाको चासो पनि घट्दै थियो ।

अमेरिका र सोभियत संघको चासो अफगानिस्तानमा रहेन । त्यहाँ सक्षम सरकार गठन हुनुअघि कट्टरपन्थी समूहले देश कब्जामा लियो । सन् १९९६ देखि २००१ सम्म तालिवानले शासन ग¥यो । अफगानिस्तानमा कट्टरपन्थीहरूको अखडा नै बन्यो । सेप्टेम्बर २०११ मा अमेरिकी वर्ल्ड ट्रेड टावरमा भएको आतंकवादी हमलापछि भने स्थिति परिवर्तन भयो । आक्रमणको बदला लिन अमेरिकाले नेटो देशको सेनाको सहयोगमा आक्रमण ग¥यो । यो आक्रमणले तालिबानलाई सत्ताबाट बाहिरको बाटो देखायो । २०१४ पछि भने अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता बोलाउन थाल्यो ।

युद्ध र तालिबानी शासनका क्रममा अफगानिस्तानका हजारौं मानिस शरण लिन पाकिस्तान पुगे । कतिपयले सीमा पारीको शिविरमा शरण लिए । यो उनीहरुको दीनचर्या जस्तै बनेको थियो ।

यस्तो स्थितिमा पनि क्रिकेट कहाँबाट आयो ?

पाकिस्तानको शरणार्थी क्याम्पमा अफगानिस्तानका युवा ताज मलिकले अफगान क्रिकेट क्लबको सुरुवात गरे । यो सुरुवात मात्र थियो, जसले पछि अफगान क्रिकेट टिमको रुप लियो ।

तालिवानले १९९० को दशकमा अफगानिस्तानमा शासन ग¥यो । तालिवानको एजेन्डामा खेल कहिल्यै परेन । क्रिकेटको खेलमा खेलाडीहरूको कुनै शारीरिक सम्पर्क छैन । यसको पोशाक तालिबानी पोशाक कोड (पूरा ट्राउजर र टी(शर्ट) सँग मिल्दोजुल्दो छ । यसले यो खेल देशभित्रै खेलिन अनुमति पायो । सन् १९९५ मा अला दाद नूरले अफगान क्रिकेट संघको सुरुवात गरे । यो केवल सुरुवाती अवस्था थियो । अफगानिस्तान क्रिकेट संघले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा आवद्धता पाउन ६ वर्ष पर्खनु प¥यो । आईसीसीको प्रावधानअनुसार टीम कम्तीमा तेस्रो तहमा पुगेपछि मात्रै सम्बन्धन पाउँछ ।

अर्कोतर्फ पाकिस्तानी शरणार्थी शिविरमा ताज मलिकले आफ्नो जीविकोपार्जनका लागि दैनिक संघर्ष गर्नुपरेको थियो । उनको काँधमा टोलीलाई प्रशिक्षण गर्ने जिम्मेवारी पनि थियो । अफगानिस्तानका क्रिकेटरहरूले मजदुरी गर्दै क्रिकेट पनि खेल्दै गए । उनीहरुसँग न त अभ्यास गर्ने सुविधा थियो न त प्रतियोगितामा भाग लिने । तर, उनीहरुमा जन्मजात प्रतिभा थियो । आफ्नो मेहनतको साथ त्यसलाई तिखार्दै लगे ।

विश्वका धेरै देश आईसीसीसँग सम्बद्ध टोलीको रूपमा क्रिकेट खेल्छन् । उनीहरूले प्रतियोगिता खेल्ने अवसर पाउँछन् । उनीहरुसँग खेल्नु त्यति सजिलो छैन । तर, अफगानिस्तानले आफ्नो संघर्ष जारी राख्यो । २००८ मा अफगानिस्तान टीम विश्व क्रिकेट लीगको डिभिजन ५ मा खेल्नका लागि चयन भयो । अर्को वर्ष उसले २०११ विश्वकपको लागि दाबी गर्ने मौका पायो । यद्यपि क्यानाडाको विरूद्ध छनोट खेल गुमाउनुपर्दा उसले २०११ विश्वकपमा भाग लिने मौका लिन सकेनन् । तर, अफगानिस्तानको लगातार राम्रो प्रदर्शनका कारण आईसीसीले ओडीआई (वन डे) खेल्न मान्यता दियो ।

सन् २०१० मा अफगानिस्तानले टी–२० खेल्ने मान्यता पायो । टीमले राम्रो प्रदर्शन गर्न नसकेपछि अघि बढ्न सकेन । तर केही खेलाडीको उत्कृष्ट प्रदर्शनका कारण उनीहरु विश्वका नजरमा पर्न पुगे ।

आईसीसीले आफ्ना नयाँ सदस्य राष्ट्रहरूलाई क्रिकेट प्रवर्धन गर्न रकम पनि उपलब्ध गराउने गर्छ । अफगानिस्तानले उक्त रकमलाई सही सदुपयोग गर्न थाल्यो । २०१३ मा आईसीसीले अफगानिस्तानलाई एसोसिएट सदस्यको मान्यता दियो । पाकिस्तान क्रिकेट बोर्डले अफगानिस्तानसँग एउटा सम्झौता ग¥यो, जस अन्तर्गत प्रशिक्षण शिविर, एम्पायर शिविरका साथै प्रतिभा खोज्नका लागि कार्यक्रमहरू आयोजना गर्न तयार रहेको थियो ।

दुई वर्षभित्र २०१५ मा अफगानिस्तान वर्ल्ड कप प्रतियोगितामा भाग लिन योग्य भयो, जुन उसका लागि पहिलो मौका थियो । अफगान खेलाडीहरूले विश्वका ठूला टीमसँग खेल्न मौका पाए । टोलीले शुरुवात चरणको ६ खेलमा पाँच खेल हा¥यो । तर स्कटल्यान्डलाई हराउन सफल भयो । यसलाई अफगानिस्तानको औसत प्रदर्शनको रूपमा लिइन्छ । तर, २० बर्ष अघि क्रिकेट सुरु भएको देशको क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगितामा टिमको सहभागिता ठूलो उपलब्धी भन्दा कम मान्न सकिँदैन ।

२२ जुन २०१७ मा अफगानिस्तानले टेस्ट मान्यता पायो । किनकि, अफगानिस्तान टोलीको प्रदर्शन सुधार हुँदै गएको थियो । गत वर्ष जुन १४–१८ मा बेंगलुरुमा अफगानिस्तानले भारतबिरूद्ध पहिलो टेस्ट म्याच खेलेको थियो । अफगानिस्तानले दुई दिनमै टेस्ट इनिङ २६२ रनले गुमाउनुप¥यो । तरत्यस पछि टीमले दुई टेस्ट खेलहरू जितेको थियो ।

देम्बुलादेखि देहरादून

सुरक्षा कारणबाहेक, आईसीसी स्तर स्टेडियमहरू नहुँदा अफगानिस्तानले तेस्रो मुलुकमा खेलहरू आयोजना गर्नुपर्ने बाध्यता छ । प्रत्येक टीमको घरेलु मैदानमा खेल्ने महत्वपूर्ण फाइदा हुन्छ । घरेलु टोलीले पिचलाई आफ्नै अनुसार सदुपयोग गर्न सक्छ । सामान्यतया विपक्षी टीमहरूको कमजोरीलाई ध्यानमा राख्दै पिचहरू तयार पारिन्छ ताकि घरेलु टोलीले फाइदा लिन सकोस् । घरेलु मैदानमा खेल्दा दर्शकहरूको समर्थन मिल्छ । घरेलु मैदानमा प्रतियोगिता आयोजना हुँदा टिकटबाट आर्थिक फाइदा पनि हुन्छ । तर, अफगानिस्तानले अहिलेसम्म यसबाट फाइदा लिन सकेको छैन । किनभने अफगानिस्तानले तेस्रो मुलुकमा प्रतियोगिता आयोजना गर्नु परेको छ ।

सुरुको चरणमा अफगानिस्तान टीमले श्रीलंकाको दम्बुलाको रानागिरी अन्तर्राष्ट्रिय रंगशालामा खेल्ने अवसर पायो । यसपछि शारजाहमा स्पिन सहयोगी पिचलाई ध्यानमा राख्दै टोलीले त्यहाँ केही खेलहरू आयोजना ग¥यो । तर, यो पनि अस्थायी थियो ।

यसपछि अफगानिस्तान क्रिकेट बोर्ड र भारतीय क्रिकेट बोर्ड बीच सम्झौता भयो, जसअनुसार बीसीसीआईले अफगानिस्तान क्रिकेट टीमलाई खेल्न र अभ्यास गर्न स्टेडियम प्रदान गर्छ । अफगानिस्तानको क्रिकेट टोलीले ग्रेटर नोएडाको शहीद विजय सिंह पथिक स्पोर्ट्स कम्प्लेक्समा खेल सुरु ग¥यो । यस ठाउँको सुविधा सम्पन्नतालाई ध्यानमा राख्दै अफगानिस्तान क्रिकेट बोर्डले यसलाई घरेलु मैदान घोषित ग¥यो ।

२०१७ मा अफगानिस्तान क्रिकेट बोर्डले आयरल्यान्डसँग सोही मैदानमा ५ खेलको श्रृंखला आयोजना ग¥यो । अफगानिस्तानले यही मैदानमा नामिबियासँग केही अभ्यास खेल पनि खेल्‍यो । तर, यो श्रृंखला लामो समयसम्म टिकेन । बीसीसीआईले निजी लिगका लागि भन्दै यो मैदान फिर्ता लियषे । यसपछि अफगानिस्तान बोर्डलाई अर्को घरेलु मैदान खोज्नुपर्ने चुनौती थपियो । स्टेडियमको खोजी देहरादूनको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पुगेर पूरा भयो । अब यो मैदान अफगानिस्तान टीमको घरेलु मैदान भएको छ ।

यद्यपि धेरै प्रशंसकहरूलाई यस मैदानबारे थाहा छैन । किनकि यो नयाँ स्टेडियम हो । अफगानिस्तानको टोलीले देहरादूनको शान्त क्षेत्रबाट अन्तर्राष्ट्रिय क्रिकेटमा फुल मेम्बरको यात्रा सुरु गरेको । उसो देहरादुन एक समय आफ्नो आवासीय विद्यालयहरूको लागि प्रसिद्ध थियो, तर अब यो अफगानिस्तान क्रिकेट टीमको पनि गन्तव्य बनेको छ ।

यो स्टेडियममा अफगानिस्तानले बंगलादेश र आयरल्यान्डविरूद्ध श्रृंखला खेलिसकेको छ । टोलीले आफ्नै देशका समर्थकहरूका अगाडि भने खेल्ने अवसर पाउन सकेको छैन । तर, पनि उनीहरूले उपलब्ध सकारात्मक विकल्पहरूबाट राम्रो प्रदर्शन गरिरहेका छन् ।

अफगानिस्तानका धेरै मानिसहरु आप्रवासीको जस्तो जीवन बिताउन बाध्य छन् । अफगानिस्तानी क्रिकेट टीमको पनि यस्तै अवस्था छ । श्रीलंकाको दाम्बुला क्रिकेट मैदानबाट सुरु भएको उनीहरुको यात्रा अहिले देहरादून आइपुगेको छ । उनीहरुको देशको अवस्था राम्रो भएको भए त्यहाँ अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुने थियो । अनि मात्र अफगानिस्तान क्रिकेटको एक गन्तव्यबाट अर्को गन्तव्यको यात्रा पूरा हुनेछ ।

बीबीसी हिन्दीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment