Comments Add Comment

सन्नी नेपाल आउँदा ‘पासवर्ड’लाई के फाइदा ?

बलिउड नायिका सन्नी लियोनी आफूले एउटा आइटम नृत्य गरेको चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन बिहिबार नेपाल आउँदैछिन् । सन्नी लियोनीले आइटम नृत्य गरेसँगै यो चलचित्र चर्चामा छ । चलचित्रका अन्य कलाकार प्रचारमा खासै सहभागी नभएपनि सन्नीको आइटमको चर्चा भने छ ।

भदौको २७ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा विक्रम जोशी, अनुप विक्रम शाही, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । सन्नी लियोनीकै आइटमलाई प्रचारको दरिलो हतियार बनाएको यो चलचित्रको निर्माण टिमले उनी नेपाल आउँदा चलचित्रलाई फाइदा पुग्ने विश्वास गरेको छ ।

बिहिबार बेलुकी आयोजना हुन लागेको चलचित्रको प्रिमियरमा सन्नी सहभागी हुँदा यसले राम्रै हाइप पाउनेछ । सन्नी लियोनी पनि नेपाल आउन पाउँदा उत्साहित देखिएकी छिन् । नेपालको बहुमुल्य मुर्ती चोरेर विदेश पुर्याएपछि उत्पन्न हुने परिस्थितीको कथामा यो चलचित्र निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment