+
+
Shares

नोभेम्बरमा जापानमा ‘सूर्य इन्टरनेशनल अवार्ड’ हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २५ गते १२:४९

जापानको राजधानी टोकियोमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१८’को आयोजना गरिने भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले अवार्ड भव्य बनाउने बताएको छ । सूर्य कर्पोरेशन लिमिटेडका अध्यक्ष बासुदेव लामिछानेले नोभेम्बरमा अवार्ड गरिने बताए । यसपटक अवार्डमा अभिनय, गायन, नृत्य र हाँस्यविधा समावेश गर्ने बताए ।

अवार्ड घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय, चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले, नायक भुवन केसी, नायिका गौरी मल्ल, स्वेता खड्का, गायक रामकृष्ण ढकाल, हेमन्त शर्मा लगायत उपस्थित थिए ।

नोभेम्बर २४ मा आयोजना हुने अवार्डमा ६ चलचित्र र ६ संगीत विधालाई समावेश गरिएको छ । अवार्डको आयोजना अगाडि साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरिने बताइएको छ । जसमा स्थानिय मिडियाकर्मीसँग भेटघाट, चलचित्र र पर्यटन सम्बन्धी अन्र्तक्रिया पनि आयोजना गरिनेछ । अवार्डमा गतबर्ष रिलिज भएका चलचित्रले सहभागीता जनाउन पाउने बताइएको छ ।

१५ सय सिट क्षमता भएको नाकानो जिरो हलमा आयोजना हुने अवार्डमा नेपालबाट ५० बढी चलचित्रकर्मी र मिडियाकर्मी सहभागी हुने बताइएको छ । अवार्डमा २ दशक लामो समयसम्म चलचित्र क्षेत्रमा विताएका एकजना चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’, एक दशक लामो चलचित्र यात्रा तय गरेका चलचित्रकर्मीलाई सम्मान र एक जना पत्रकारलाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरिनेछ । केही दिनमै उत्कृष्ट ३ को नाम सार्वजनिक गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?